बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले मनायो राष्ट्रिय धान दिवस
भुमा मगर
१५ असार २०८० । आज असार १५ राष्ट्रिय धान दिवस ।देशभर मनाइएको छ ।
यसैविच बरेङ गाउँपालिका–०२ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले पनि एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।कृषि धारतर्फ बाली विज्ञान पढाइ हुने यस विद्यालयमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरु र शिक्षकहरुको सहभागितामा दिवस मनाइएको हो । 
विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा कक्षा ११ मा अध्ययनरत छात्रा स्मृति पुन,वरिष्ठ कृषि प्रशिक्षक विमल खड्का र विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बाल्दै प्रशिक्षक खड्काले निर्वाहमुखि कृषि प्रणालीलाई व्यावसायिक बनाउन कृषि शिक्षाको महत्व रहेको बताउनुभएको थियो ।
विद्यायलका प्रधानाध्यापक मन बहादुर श्रीसले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।
यसैविच शुक्रबार नै नववियुक्त शिक्षकहरु सिकेन्द्र कुमार यादव,मिलन थापा,रमेश उपाध्याय र अर्जुन रेग्मीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको विद्यालयका शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसको अध्यक्षता,शिक्षक ढाँचानन्द बर्माको स्वागत र शिक्षक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« पुरुषोदय मावि बराहकोट बागलुङको ५९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न «







