दर्ता. न‌: २४५/०६५/०६६

बरेङको पारिवारिक स्वास्थ्य प्रोफाइल नतिजा सार्वजनिक

१६ असार २०८० । हुग्दिशिर । बरेङ गाउँपालिकाको पारिवारिक स्वास्थ्य प्रोफाइलको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बागलुङको आयोजना, बरेङ गाउँपालिकाको समन्वयमा जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी लगायत ३५ जनाको उपस्थितिमा गाउँपालिकाको सभाहलमा शनिबार एक कार्यक्रमका बीच उक्त नतिजा सार्वजनिक गरिएको हो ।
पालिकाभित्रका ५ स्वास्थ्य चौकी र ५ स्वास्थ्य इकाइका कर्मचारीले प्रत्येक घरघरमा पुगी गत फागुन २८ गतेदेखि चैत्र २३ गते सम्म तथ्यांक  सङ्कलन गरेका थिए ।
जम्मा १२ हजार ७ सय ५७ जनाको तथ्यांक  सङ्कलन भएको छ । २०७८ को जनगणना अनुसार बरेङ गाउँपालिकामा ११ हजार १ सय ५८ जनसंख्या रहेको छ भने स्वास्थ्य प्रोफाइलका लागि संकलन गरिएको गत चैत्र महिनाको तथ्यांक अनुसार ११ हजार ५ सय ४६ जनसंख्या रहेको छ ।
कुल जनसंख्यामा १.४८ प्रतिशत अपाङ्ग रहेका छन् भने जनसंख्याको १० प्रतिशत स्वास्थ्य बिमामा आबद्ध, रोजगारीका लागि ३९ देशमा बरेङका व्यक्तिहरु पुगेको तथ्यांकमा उल्लेख छ ।  त्यस्तै सोही तथ्यांकमा जन्म,मृत्यु, बसाइँसराइ, उमेर अनुसारको शैक्षिक अवस्था, जातजाति लगायत विविध विषय समेटिएको छ ।
सङकलन गरिएको तथ्यांक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका तथ्यांक अधिकृत प्रविन भण्डारी मार्फत पालिका अध्यक्षलाई र पालिका अध्यक्ष मार्फत वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले डाटा सङ्कलनको लागि खटिने कर्मचारीलाई सहानुभूति प्रकट गर्दै खुसी व्यक्त गर्नुभएको थियो ।
त्यस्तै पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले स्वास्थ्य संस्था मार्फत संकलन गरिएको तथ्यांकले पालिकाको हरेक नीति निर्माणका लागि सहयोग हुने अपेक्षा सहित सोही तथ्यांकलाई नियमित अध्यावधिक गरिने वातावरण मिलाउनुका साथै तथ्यांक  संकलनमा खटिनेहरुप्रति कृतज्ञताज्ञापन गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक प्रमुख घनश्याम  सापकोटाको  स्वागत मन्तव्य, पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनको संचालनमा सम्पन्न कार्यक्रमको प्रस्तुतीकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका तथ्यांक अधिकृत प्रविन भण्डारीले  गर्नुभएको थियो ।







« बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले मनायो राष्ट्रिय धान दिवस «

» अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि स्तर वृद्धि गर्नका लागि बरेङ गाउँपालिमा कार्यसमिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal