दर्ता. न‌: २४५/०६५/०६६

अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि स्तर वृद्धि गर्नका लागि बरेङ गाउँपालिमा कार्यसमिति गठन

भुमा मगर

१६ असार २०८० ।बरेङ गाउँपालिकामा अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि स्तर वृद्धि गर्नका लागि कार्यसमिति गठन गरिएको छ ।

बरेङ गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि स्तरको विषयमा समिक्षा गर्दै कार्यसमिति गठन गरिएको हो ।

नवगठित समितिले सिकाइ उपलव्धि हाँसिल गर्नका लागी विद्यार्थीहरूलाई सामाजिक सञ्जालमा कुन कुन एप्स, लर्निङ पोर्टल वेवसाइट प्रयोग गर्ने भन्ने विषयमा जानकारी गराउने,कक्षाकार्यमा बढी समय प्रदान गर्ने,समय समयमा घरमा नै पुगी भेटघाट गर्ने,अतिरिक्त कक्षा सञ्चालन गर्ने वातावरणको व्यवस्थापन गर्न विद्यालयलाई अनुरोध गर्ने,समय समयमा शिक्षकहरूको कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने,विद्यार्थीको रुचि, आवश्यकता र पाठ्यक्रमले तोकेका शिक्षण सिकाइ विधि प्रविधिहरूको प्रयोगमा जोड दिने,प्रयोगात्मक अंक मापदण्ड बमोजिम प्रदान गरी यथार्थपरक बनाउने,समय समयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने,उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्ने व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्ने,समय समयमा शिक्षक समूहको बैठक बसी उपलब्धिको समिक्षा गर्ने र थप कार्ययोजना निर्माण गर्ने,अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धी तोकिएभन्दा कम देखिएकाले आगामी दिनमा सुधार गर्नका लागि योजना निर्माण गर्ने,समय समयमा समितिका सदस्यहरू शिक्षा अधिकृतको संयोजकत्वमा विद्यालयमा पुगी शिक्षण कार्यको सुपरीवेक्षण गर्ने,विषयगत कार्य समूहले मापदण्डमा तोकेबमोजिमको जिम्मेवारी पूरा गर्ने जस्ता निर्णय गरेको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्मा प्राविधिक सहायक विष्णु प्रसाद शर्मा र गाउँपालिका भित्रका अङग्रेजि, गण्ति र विज्ञान विषयका विषयगत शिक्षकहरु उपस्थित भेलाले शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको संयोजकत्वमा सात सदस्यिय कार्यसमिति गठन गरेको छ । जसको सदस्यहरुमा पुरुषोदय माविका शिक्षक नाम बहादुर थापा,शारदा माविका शिक्षक भिम बहादुर खत्री, सर्वोदय माविका शिक्षक कृष्ण प्रसाद आचार्य ,भृकुटि माविका शिक्षक द्धय लिलाधर पौडेल,विष्णु बहादुर क्षेत्री र धुल्लुलिउँवा माविका शिक्षक तुल बहादुर पुन रहनुभएको छ ।null

गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकले विषयगत कार्य समूह गठन सम्बन्धमा अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षक समूह गठन एवम् परिचालन गर्नको लागि मापदण्ड, २०८० बमोजिम विषयगत कार्य समूह गठन गर्ने निर्णय गरिएको शिक्षा अधिकृत शर्माले रेडियो विहानीलाई जानकारी दिनुभयो । 

अधिकृत शर्माका अनुसार विषयगत कार्यसमुह अन्तर्गत अङ्ग्रेजी विषयको विषयगत कार्यसमुहको संयोजकमा सर्वोदय मावि बरेङका शिक्षक ओम बहादुर पुन रहनुभएको छ भने सदस्यहरुमा शारदा मावि बाटाचौरका शिक्षक भिम बहादुर खत्री, पुरुषोदय मावि बराहकोटका शिक्षक द्धय भुवन घर्ति र नाम बहादुर थापा, शारदा मावि बाटाकाचौरकि शिक्षिका कल्पना क्षेत्री,भृकुटि मावि काफलबोटका शिक्षक लिलाधर पौडेल र धुल्लुउिँवा मावि लिउँवाका शिक्षक यम बहादुर विक रहनुभएकोे छ ।

यस्तै, गणित विषयको विषयगत कार्यसमुहको संयोजकमा सर्वोदय मावि बरेङका शिक्षक पुर्णभद्र शर्मा र सदस्यहरुमा शारदा मावि बाटाचौरका शिक्षक भिम बहादुर खत्री, पुरुषोदय मावि बराहकोटका शिक्षक भुवन घर्ति,सर्वोदय मावि बरेङका शिक्षक ओम बहादुर पुन, शारदा मावि बाटाकाचौरकि शिक्षिका कल्पना क्षेत्री र धुल्लुउिँवा मावि लिउँवाका शिक्षक द्धय यम बहादुर विक  र तुल बहादुर पुन रहनुभएकोे छ ।

विज्ञान विषयको विषयगत कार्यसमुहको संयोजकमा सर्वोदय मावि बरेङका शिक्षक कृष्ण प्रसाद आचार्य रहनुभएको छ । सदस्यहरुमा पुरुषोदय मावि बराहकोटका शिक्षक भुवन घर्ति,सर्वोदय मावि बरेङका शिक्षक पुर्णभद्र शर्मा, पुरुषोदय मावि बराहकोटका शिक्षक नाम बहादुर थापा, भृकुटि मावि काफलबोटका शिक्षक लिलाधर पौडेल धुल्लुउिँवा मावि लिउँवाका शिक्षक तुल बहादुर पुन र शारदा मावि बाटाकाचौरकि शिक्षिका कल्पना क्षेत्री रहनुभएको शिक्षा अधिकृत शर्माले जानकारी दिनुभयो । 

« बरेङको पारिवारिक स्वास्थ्य प्रोफाइल नतिजा सार्वजनिक «

» मुलको पानि उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन बरेङ गाउँपालिकाको अनुरोध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal