मुलको पानि उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन बरेङ गाउँपालिकाको अनुरोध
भुमा मगर
२२ असार २०८० ।बागलुङको बरेङ गाउँपालिकाले मुलको पानि उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन अनुरोध गरेको छ ।
बरेङ गाउँपालिका भित्रका १५४ वटा मुलहरुमा गरिएको परिक्षणमा ४५ वटा मुलहरुमा ‘कोलीफर्म’ नामक किटाणु भेटिएकाले गाउँपालिकाले पानि उमालेर वा शुद्धिकरण गरेर मात्र मुलको पानी पिउन आग्रह गरेको हो ।
गाउँपालिका भित्रका विभिन्न १५४ वटा खानेपानिको मुल तथा धाराहरुको खानेपानीको नमुना संकलन गरी धौलागिरी अस्पताल बागलुङका प्राविधिकहरुद्धारा यहि असार ११ गते देखि १५ गतेसम्म गरिएको परिक्षणको प्रतिवेदन अनुसार पालिका भित्रका विभिन्न ४५ वटा मुलको पानिमा कोलिर्फम भेटिएकाले पिउन योग्य नभएको पालिकाले जनाएको छ ।
पानिमा अन्य हानिकारक रसायनहरुको मिश्रण नभएको पाइएकाले उमालेर वा शुद्धिकरण गरेर पानी पिउनाले आँउ, हैजा, झाडापखाला, टाइफाइड जस्ता पानीजन्य रोग तथा महामारीबाट बच्न सकिने गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले जानकारी दिनुभयो ।
पालिकाले पानीको मुहान सफा राख्न, मुहानको नजिक पशुचौपायाको चरन क्षेत्र नबनाउन, सधैं चर्पीमा मात्र दिसापिसाव गर्न र चर्पीबाट फर्केपछि सावुनपानीले मिचिमिचि हात धुने वानी अपनाउन सम्पुर्ण पालिकावासी नागरीकहरुमा अनुरोध गरेको छ ।



» गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा साउने सक्रान्ती मेला जारी »







