दर्ता. न‌: २४५/०६५/०६६

चोंयाले धानेको हर्क बहादुरको जीवन !

जीवन पौडेल, हुग्दिशिर । १५ कार्तिक २०७५ । बरेङ गाउँपालीका वडा नम्वर २ का हर्क बहादुर दर्जीले स्थानिय स्तरमा उत्पादन हुने बाँसबाट बन्ने डाली, सुपा, मान्दा्र, थुन्से बुनेर आफ्नो परिवार पाल्दै आएका छन । साविकको हुग्दिशिर गाविस वडा नम्वर ४ डाडाँथोकका दर्जीले विगत ३० वर्षदेखी यो पेसा अँगालेर आफ्नो ७ जनाको परिवार पाल्दै आएका हुन ।

 ६५ वर्षका दर्जीले बाँसबाट डाली, सुपा, मान्द्रा, थुन्से बुनेर आफु सन्तुष्ट रहेको बताए । बाँसबाट सवैभन्दा डाली बुन्दा फाइदा हुने बताउने दर्जीले सुरुमा आफ्नो ससुरालीबाट काम सिकेको बताए । बागलुङको बलेवा ससुराली भएका दर्जीले विवाहपछी आफ्नै जेठानले सो पेसा गर्दै आएका र सोहि पेसा जेठानको उत्प्रेरणामा आफुले पनि अंगालेको बताए । 

आर्थिक अवस्था कमजोर भएका हर्क बहादुर गाउँगाउँमा पुगेर माग अनुसारका सामान बनाउने गरेका छन । तयार गरेको चोयाबाट दिनमा ३ वटा सम्म डाली बुन्न सकिने र प्रति गोटा ७ सय देखी १ हजार सम्म पर्ने उनको भनाई छ । सरकारले संघिय पुर्नसंचना गरे अनुरुप स्थानिय सरकार आएपछि स्थानिय स्तरको आर्थिक, सामाजिक विकास तथा स्थानिय स्तरमा उपलव्ध प्राकृतिक सम्पदाको विकासको लागी गाउँपालीकाले बाँसबाट बन्ने सामानको विकासका लागी आवस्यक अनुसन्धान गरी घरेलु तथा मझौला खालका उद्योग स्थापना गर्न सके राम्रो हुने दर्जीको भनाई छ । 

गाउँपालीकाले माग गरेमा स्थानिय स्तरमा तालिम समेत दिन सक्ने क्षमता रहेको र हाल सम्म धेरैलाई काम सिकाएको उनको अनुभव छ । पछिल्लो समय आधुनीक सामाग्रीको प्रयोग बढे सँगै बासबाट बन्ने विभिन्न सामाग्रीहरु लोप हुँदै आएको बेला स्थानिय स्तरमा उपलव्ध बाँस तथा निगालोबाट घरेलु तथा साना उद्योग स्थापना गर्न सके गाउँपालीकाको आर्थिक विकास हुने थियो की ? यस वारे गाउँपालीकाको ध्यान पुग्नुपर्ने देखीन्छ ।

« बरेङ गाउँपालिकाद्वारा सुखौराका जेष्ठ नागरिकलाई सम्मान «

» बरेङ गाँउपालिकाद्वारा धुल्लुबाँस्कोटका ५७ जेष्ठ नागरिकहरुलाई सम्मान । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal