दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा साउने सक्रान्ती मेला जारी

दिपेन्द्र परियार २९ असार २०८०। गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा साउने सक्रान्ती मेला जारी रहेको छ ।

धुवाखोला स्थित सृजना युवा कलबको ३४ औ बार्षिकोत्सब समारोह एबं साउने सक्रान्ती मेला २०८० को दोस्रो दिन पुरुष भलिबल तर्फका पहिलो चरणका खेलहरु जारी रहेको छन ।null

आज शुक्रबार दोस्रो दिन भएको पहिलो चरणको खेल अन्तर्गत आयोजक र पृथ्बी युवा कलब बिहादी गा.पा. ६ वाहाकी पर्बत बिच भएको खेलमा बिहादी बिजेता बन्दै दोस्रो चरण मा प्रबेस गरेको छ । 

त्यस्तै रेमि भलिबल कलब चन्द्रकोट ४ रेमि गुल्मी र युनिटि युवा कलब बरेङ २ घट्ट बिच भएको खेलमा रेमी भलिबल कलब दोस्रो चरणमा प्रबेश गरेको छ । त्यस्तै बाटाकाचौर बागलुङ र आयोजक बिच भएकोमा बाटाकाचौर दोस्रो चरणमा जान सफल भएको कलबका सचिव ईन्द्र छन्त्यालले जानकारी दिनुभयो ।

आजनै माहालक्ष्मी युवा कलब कालिगण्डकी गाँउपालिका ७ भुर्तुङ र मगर गाँउ युवाकलब चन्द्रकोट ५ ग्वाघा बिच भएको खेल भने भारि बर्षाका कारण स्थगित भएको थियो ।null

त्यस्तै कार्यक्रममा सहभागि भएका सबै टिमहरुलाई भोली बिहान ९ बजे खेल मैदानमा प्रबेश गर्नका लागी आयोजकले अनुरोध गरेको छ । पुरुष भलिबल तर्फ २४ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मनोज गुरुङले बताउनु भयो । 

« मुलको पानि उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन बरेङ गाउँपालिकाको अनुरोध «

» सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न बरेङ गाउँपालिकाको आग्रह,अटेर गरे कारबाहि हुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal