सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न बरेङ गाउँपालिकाको आग्रह,अटेर गरे कारबाहि हुने
भुमा मगर ०५ साउन २०८० ।बागलुङको बरेङ गाउँपालिकाले सहकारी संस्थाबाट लिएको ऋण समयमै फिर्ता गर्न आम नागरिकहरुमा आग्रह गरेको छ ।
गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सहकारी संस्थाबाट लिएको ऋण समयमै फिर्ता गर्न आग्रह गरेको हो ।
गाउँपालिकाले पालिका भित्रका सहकारी संस्थारुबाट ऋण लिइ सदस्यहरुले तोकिएको समयमा नियमित किस्ता नबुझाउने,बुझाउन ताकेता गर्दा समेत किस्ता बुझाउन अटेर गर्ने गरेका कारण बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न र संस्था संचालनमा समस्या पर्दै गएको र ऋण असुलीमा सहजिकरण गरिदिन भनि लिखित एवम मौखिक जानकारी आइरहेकोले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाले सहकारीहरु सदस्यहरुकै बचत परिचालन गरी ऋण प्रवाह गर्ने प्रजातान्त्रिक संस्था भएकाले एक जना ऋणीले ऋण नतिर्दा बाँकि सदस्यहरुको बचत रकम फिर्ता प्रकृया अवरुद्ध हुन जाने हुँदा सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने अनावश्यक हल्लाको पछि नलागी आफुले लिएको ऋण किस्ता समयमै बुझाउन सम्पुर्ण ऋणी सदस्यहरुमा अनुरोध गरेको छ ।
साथै सहकारी संस्थाबाट लिएको ऋण तिर्नपर्दैन भन्ने अनावश्यक हल्लाको पछि लागेर वा जानी जानी अटेर गरी तोकिएको समयमै किस्ता नबुझाइ अटेर गरेमा प्रचलित सहकारी कानुन बमोजिम कारवाहि गर्ने गाउँपालिकाले चेतावनी दिएको छ ।साथै सहकारी संस्थाहरुलाइ तोकिएको समयमै लेखा परिक्षण, साधारण सभा, नविकरण लगायत वित्तिय अनुशासन र निति अवलम्वन गर्न पनि अनुरोध गरेको छ ।
« गुल्मीको कालिगण्डकी गाँउपालिका ७ धुवाखोलामा साउने सक्रान्ती मेला जारी «
» बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न »







