बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न
भुमा मगर
०६ साउन २०८० ।बरेङको बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न भएको छ ।
बरेङ गाउँपालिका वडा नं। ३ मा रहेको बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा शनिबार सम्पन्न भएको हो ।
साधारण सभामा बरेङ गाउँपालिका वडा नं। ३ का वडाअध्यक्ष शेर बहादुर खनालको प्रमुख आतिथ्यता र शारदा माध्यमिक विद्यालय बाटाकाचौरका प्रधानाध्यापक देविदत्त पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
सभामा प्रमुख अतिथि वडा नं। ३ का अध्यक्ष शेर बहादुर खनाल,विशिष्ट अतिथि शारदा माविका प्रधानाध्यापक देविदत्त पौडेल र कर्मचारी हर्क बहादुर बुढाथोकिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभामा अध्यक्ष तुलसीराम पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्याक्ष राधिका पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
शनिबार सम्पन्न १० औँ साधारण सभाले तुलसीराम पौडेलको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा मुक्त बहादुर खत्री,सचिवमा लिलाधर पौडेल,कोषाध्यक्षमा राधिका पौडेल सह–सचिवमा जंग बहादुर श्रीस रहनुभएको छ ।
सदस्यहरुमा गंग बहादुर भण्डारी,सुशिला सुवेदि,दिल बहादुर थापा,राम बहादुर विक,दुर्गा न्यौपाने र सरिता विक रहनुभएका विशिष्ट अतिथि शारदा माविका प्रधानाध्यापक देविदत्त पौडेलले जानकारी दिनुभयो ।
सभाका अध्यक्ष तुलसीराम पौडेलको अध्यक्षता रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष मुक्त बहादुर खत्री र सञ्चालन सचिव लिलाधर पौडेलले गर्नुभएको थियो ।
« सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्न बरेङ गाउँपालिकाको आग्रह,अटेर गरे कारबाहि हुने «
» बाग्लुङ समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिवक्ता प्रगती शर्मा निर्वाचित »







