दर्ता. न‌: २४५/०६५/०६६

बाग्लुङ समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिवक्ता प्रगती शर्मा निर्वाचित

बार्सिलोना, स्पेन÷ बाग्लुङ समाज स्पेनको सोमबार बार्सिलोनामा सम्पन्न दोस्रो अधिवेशनबाट अधिवक्ता प्रगती शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

अधिवेशनले उपाध्यक्षमा अरुण घिमिरे र भिम बहादुर विष्ट, महासचिवमा केविन्द्र शाही, सचिवमा दिपेन्द्र परियार, कोषाध्क्षमा प्रवेश पौडेल, र सह–कोषाध्यक्षमा लक्ष्मण प्रताप सिंहलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा विकाश कंडेल,पूर्ण बहादुर थापा, सागर क्षेत्री, कमल केसी बालकृष्ण कंडेल, सन्दिप खत्री, दिवाकर शर्मा सुनिल दर्लामी मगर, धनुदेवी सापकोटा, सरस्वती शर्मा, रिता केसी, नविन कार्की र दिपेश सापकोटालाई निर्वाचित गरेको छ ।null

अधिवेशनले स्पेनका विभिन्न क्षेत्रहरुलाई समेट्ने उद्धेश्यले पाइस भास्को– केशव रिजाल, म्याड्रिड– हर्क थापा, कोष्टा बलान्का–दुर्गा बहादुर भण्डारी, ग्रान कानारिया– प्रेम बहादुर केसी र मालागा– विकल प्रताप सिंहलाई निर्वाचित गरेको समाजका संरक्षक तथा निर्वाचन समितिका संयोजक पुष्पराज भण्डारीले जानकारी गराउनु भयो ।

स्पेनको सुन्दर शहर बार्सिलोनामा २४ जुलाई सोमबारका दिन बार्बेक्यू सहित सम्पन्न समाजको दोस्रो अधिवेशनको उद्घाटन प्रमुख अतिथि बाग्लुङ समाज अन्तराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष एवं समाजका संरक्षक एकराज गिरीले मैनबत्ती बालेर गर्नुभएको थियो । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरिले समाजका हरेक गतिविधीमा आफ्नो निरन्तर साथ सहयोग रहने बताउनु भयो । उहाँले अधिवेशनमा भएको बाग्लुङे दाजुभाई दिदीबहिनीहरुको भव्य उपस्थितिले आफूलाई गौरव महसुस भएको भन्दै आगामी कार्यसमितिले समाजलाई अझ सशक्त बनाएर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशनमा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नोे कार्यकालमा महिला दिदीबहिनीहरुलाई पनि समाजमा थप अग्रसर गराउँदै जाने बताउनुभयो । उहाँले समाजलाई स्पेनबासी बाग्लुङे दाजुभाई दिदीबहिनीहरुको साझा चौतारीको रुपमा सबैको अपनत्व महसुस गर्ने गरी अगाडि बढाउने उल्लेख गर्दै चुस्त, दुरुस्त र पारदर्शी ढंगले समाजलाई थप उचाइमा पु¥याउन नवनिर्वाचित कार्यसमिति सदैव तयार  रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष राजु थापाको अध्यक्षमा सम्पन्न अधिवेशनको संचालन महासचिव सुदर्शन शर्माले गर्नुभएको थियो । अधिवेशनमा उपस्थित सम्पूर्ण दाजुभाई दिदि बहिनीहरुलाई समाजका वरिष्ठ उपाध्यक्ष दीपक क्षेत्रीले स्वागत गर्नुभएको थियो ।

दोस्रो अधिवेशन सम्पन्न गराउनको लागि समाजका संरक्षक पुष्पराज भण्डारीको संयोजकत्वमा सल्लाकारद्वय विदुर शर्मा र दुर्गा रहेको निर्वाचन समिति गठन भएको थियो । सोही निर्वाचन समितिको सिफारिसमा अधिवेशनले २१ सदस्यीय कार्यसमिति र पाँच क्षेत्रिय संयोजकहरु निर्विरोध निर्वाचित गरेको थियो । निर्वाचित कार्यसमितिको नामावली संयोजक पुष्पराज भण्डारीले घोषणा गर्नुभएको थियो ।null

कार्यक्रमा खानाको व्यवस्थापन रसोइ रेष्टुरेन्टका संचालक समाजसेवी प्रकाश चालिसेले गर्नुभएको थियो भने व्यवस्थापनमा समाजका सक्रिय व्यक्तित्व नेत्र बहादुर कार्की र पशुपति शर्माले सहयोग पु¥याउनुभएको थियो । कार्यक्रमको अन्त्यमा भव्य नाचगान गरिएको थियो।

« बाटाकाचौर सामुदायिक ग्रामिण विद्युतिकरण उपभोक्ता समुहको दशौँ साधारण सभा सम्पन्न «

» बरेङमा स्थानिय रैथाने बालि जोगाउन बिउ बैंक स्थापनाः आउदो बर्ष झण्डै एक दर्जन बिउहरु कृषकलाई उपलब्ध गराउने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal