दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा स्थानिय रैथाने बालि जोगाउन बिउ बैंक स्थापनाः आउदो बर्ष झण्डै एक दर्जन बिउहरु कृषकलाई उपलब्ध गराउने

दिपेन्द्र परियार ४ भदौ २०८० । बागलुङको बरेङ गाँउपालिकामा स्थानिय रैथाने बालि जोगाउन बिउ बैंक स्थापना गरिएको छ । 

बरेङ गाँउपालिकाले आयातित हाईब्रेड बिउ बिजनको प्रयोगले पुर्खाै देखि उत्पादन गर्दै आईरहेका स्थानिय बालिहरु संकटमा परेको भन्दै लोपउन्मुख बालिको संरक्षण तथा पर्बद्धन गर्न बालिबिज्ञान बिषय अध्यापन गराउदै आएको हुग्दिसिरको पुरुषोद्धय माध्यमिक बिद्यालयमा बिउ बैंकको स्थापना गरेको हो ।

बिउ बैकको स्थापनाले पालिकामा कृषकले परम्परागत रुपमा लगाउने गरेका स्थानिय लोपउन्मुख बालिनाली तथा फलफुलको संरक्षण तथा पर्बद्धन हुने अपेक्षा लिएको छ । स्थानिय स्तरमा उत्पादन हुने बालिमा रोग किराको कम आक्रमण हुने भएकाले बिसादिको प्रयोग समेत घटेर जाने जानकारहरु बताउछन ।

बिउ बैंकमा लोपहुन लागेका सेतो भट्ट ,कालो भट्ट,रातो भट्ट,भट्टे सिमी,सराद्धे सिमी ,घिउ सिमी,सेतो कोदो,कोदो ,जौँ,मेवा,मरिच ,चम्सुर,सेतो मकै लगाएतका बिभिन्न किसिमका झण्डै ६० प्रकारका बिउहरु संरक्षण गरिएको बिद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले बताउनु भयो ।

प्रधानाध्यापक  श्रीसका अनुसार आउदो बर्ष झण्डै एक दर्जन बिउहरु कृषकलाई उपलब्ध गराउने बिद्यालयको तयारी छ ।

बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले कृषकहरुले हाईब्रीड बिउ प्रयोग गर्दा बढि बिसादी प्रयोग गर्ने र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकात्मक असर पर्ने भएकाले बिउ बैक मार्फत स्थानिय बालिको संरक्षण गर्न लागिपरेको बताउनु भयोे ।

सम्राज्यवादि मुलुकहरुले किसानको हातबाट बिउ खोसेर बिउ बिहीन किसान बनाउने निति लिएको भन्दै जस्तो सुकै परिस्थितिमा पनि कृषकलाई बिउ बिहिन नबनाउनका लागी बरेङ गाँउपालिका  स्थानिय स्तरमा रहेका बिउहरु को संरक्षणमा लागिपरेको बताउनु भयो ।

« बाग्लुङ समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिवक्ता प्रगती शर्मा निर्वाचित «

» नेकपा माओवादी केन्द्र बरेङको विस्तारित बैठक सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal