नेकपा माओवादी केन्द्र बरेङको विस्तारित बैठक सम्पन्न
भुमा मगर
१२ भदौ २०८० ।नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ ।
घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज मङ्गलबार बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टि केन्द्रिय सदस्य तथा बरेङ गाउँपालिका इन्चार्ज गगन थापा प्रदिपको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टि प्रदेश सचिवालय सदस्य तथा गण्डकि प्रदेश सरकारकि प्रमुख सचेतक कुशुम बुढाको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा पार्टि प्रदेश सचिवालय सदस्य तथा जैमिनि नगर कार्यपालिका सदस्यलाल बहादुर परियार,पार्टिका जिल्ला सल्लाहकार भिम बहादुर बर्मा,ज्येष्ठ कम्युनिष्ट मंच सदस्य तथा १ नं. वडा सदस्य टेक बहादुर शेरचन,निर्वाचन ख प्रदेश समन्वय सदस्य तथा बरेङ गाउँ कार्यपालिका सदस्य काशीराम विक,पार्टि गाउँपालिका सदस्य तथा कार्यपालिका सदस्य पवित्रा पुन,बरेङ गाउँपािलका २ नं. वडा सदस्य रन बहादुर क्षेत्री,बरेङ गाउँपालिका ४ नं. वडा सदस्य सुशिला सुनार र बरेङ गाउँपालिका २ नं. वडा सदस्य श्यामलाल शर्माको आतिथ्यता रहेको बरेङ गाउँपालिकाका कार्यपालिका सदस्य काशीराम विकले जानकारी दिनुभयो ।
कार्यक्रम माओवादी केन्द्र बरेङका अध्यक्ष सन्त बहादुर श्रीसको अध्यक्षता र युवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
» नेकपा माओवादी केन्द्र बरेङको वडास्तरिय विस्तारित बैठक वडा नं. २ मा सम्पन्न »







