नेकपा माओवादी केन्द्र बरेङको वडास्तरिय विस्तारित बैठक वडा नं. २ मा सम्पन्न
भुमा मगर
१३ भदौ २०८० ।नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिका वडा नं. २ मा वडास्तरिय विस्तारित बैठक आज बुधबार सम्पन भएको छ ।
घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बुधबार बैठक सम्पन्न भएको हो ।
बैठकमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पार्टि केन्द्रिय सदस्य तथा बरेङ गाउँपालिका इन्चार्ज गगन थापा प्रदिपले राष्ट्रिय स्वाधिनता,भ्रस्टाचार मुक्त समाज निमार्ण गर्दै राष्ट्रको समृद्धिको लागी जनतालाई जागरुक गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिका वडा नं. २ का अध्ययक्ष तथा बरेङ गाउँ कार्यपालिका सदस्य काशीराम विकको अध्यक्षतामा बसेको बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई दृढतापुर्वक लागु गर्ने र जनताको घरघरमा पुग्ने निर्णय गरेको अध्यक्ष विकले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहि भदौ १६ गते अभियानको उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र पार्टिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भरीका सवै वडाहरुमा एकैपटक जुमबाट अभियानको उद्घाटन गर्ने योजना रहेकाले सो कार्यक्रममा आम जनसमुदायलाई बरेङ बजारमा उपस्थित हुन निवेदन गर्ने निर्णय भएको छ
बैठकमा पार्टि प्रदेश सचिवालय सदस्य लाल बहादुर परियार,माओवादी केन्द्र बरेङका अध्यक्ष सन्त बहादुर श्रीस लगायत बरेङ गाउँपालिकाका माओवादी पार्टिका प्रतिनिधि एवम सदस्यहरुको उपस्थिति रहेकोे थियो।
« नेकपा माओवादी केन्द्र बरेङको विस्तारित बैठक सम्पन्न «
» माओवादी केन्द्रको अभियानको उद्घाटन कार्यक्रम बरेङमा पनि भव्य »







