दर्ता. न‌: २४५/०६५/०६६

माओवादी केन्द्रको अभियानको उद्घाटन कार्यक्रम बरेङमा पनि भव्य

भुमा मगर

१६ भदौ २०८० ।नेकपा माओवादी केन्द्रको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज देखि देशभर शुरु भएको छ ।

अभियानको प्रधानमन्त्री तथा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो ।

यसैविच माओवादी केन्द्र बरेङ गाउँपालिकाले पनि अभियानको उद्घाटन सत्र भव्य रुपमा सफल भएको जनाएको छ ।

बरेङको वडा नं. १ र २ को बरेङ बजारमा  र वडा न ३,४ र ५ को सल्यानको सपौदीमा व्यापक जनसहभागिता सहित कार्यक्रम सम्पन्न भएको बरेङ गाउँ कार्यपालिका सदस्य काशीराम विकले जानकारी दिनुभयो ।

पार्टि केन्द्रिय सदस्य तथा बरेङ गाउँपालिका इन्चार्ज गगन थापा प्रदिप, गण्डकि प्रदेश सरकारकि प्रमुख सचेतक कुशुम बुढा मगर र पार्टि प्रदेश सचिवालय सदस्य लाल बहादुर परियारको जिम्मेवारीमा कार्यक्रम सम्पन्न भएको कार्यपालिका सदस्य विकले जानकारी दिनुभयो ।

« नेकपा माओवादी केन्द्र बरेङको वडास्तरिय विस्तारित बैठक वडा नं. २ मा सम्पन्न «

» “बरेङको शान, हरितालिका तिज आरपिपिडिसीको पहिचान” »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal