दर्ता. न‌: २४५/०६५/०६६

“बरेङको शान, हरितालिका तिज आरपिपिडिसीको पहिचान”

भुमा मगर

१८ भदौ २०८० ।ग्रामिण जनसहभागिता विकास केन्द्र(आरपिपिडिसी) बरेङ बागलुङले आफ्नो २३ औं वार्षिकोत्सव समारोह यहि असोज १ गतेदेखि  मनाउने भएको छ ।

प्रगतिशील, सामाजिक, अनु्शासन, गतिशील, विश्वसनियता आरपिपिडिसीको प्रतिबद्धता भन्ने मुल नारा सहित  क्लवले सदाका वर्षहरु जस्तै यस वर्ष पनि महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसर पारि विविध कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव समारोह मनाउने भएको हो ।

कार्यक्रमको समुद्घाटन यहि असोज १ गते बरेङ गाउँपालिकाका अध्यक्ष  कृष्ण प्रसाद शर्माले गर्नुहुनेछ ।

क्लवले पुरुष भलिबल प्रतियोगिता,महिला भलिवल प्रतियोगिता, झोरा तिज गीत प्रतियोगिता, बि लेवल ब्याडमिन्टन प्रतियोगिता, आरपिपिडिसी क्वीज प्रतियोगिता, ख्ला नृत्य प्रतियोगिता र भुपु भलिवल प्रतियोगिता लगायत विविध कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव समारोह मनाउन लागेको क्लवका अध्यक्ष चित्र थापाले जानकारी दिनुभयो ।

पुरुष भलिवल तर्फ प्रथम हुने टिमले नगद रु. ६० हजार ट्रफि, मेडल र प्रमाणपत्र,दोस्रो हुने टिमले नगद रु. ३० हजार,  मेडल र प्रमाणपत्र,तृतिय हुनेले नगद रु. १५ हजार,  मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद रु. ७ हजार,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, महिला भलिवल तर्फ प्रथम हुने टिमले नगद रु. १० हजार,  ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले नगद रु. ५ हजार र प्रमाणपत्र,तृतिय हुने समुहले नगद रु. ३ हजार र प्रमाणपत्र हात पार्नेछन् ।

कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरु उर्गेन डोङ,अमृता नेपाली,रेसम निर्दोष,निरजला गुरुङ,सुमन विसी, विष्णु बोहोरा लगायतका कलाकारले प्रस्तुति दिने क्लबले जनाएको छ ।null

साथै क्लवले सम्पुर्ण खेलप्रेमि खेलाडि, कलाकार, पत्रकार एवम सम्पुर्ण दर्शकहरुमा उपस्थितिका लागी अनुरोध गरेको छ ।

« माओवादी केन्द्रको अभियानको उद्घाटन कार्यक्रम बरेङमा पनि भव्य «

» पुरुषोदय मावि बराहकोटमा तिज गीत प्रतियोगिता सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal