दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाद्वारा धुल्लुबाँस्कोटका ५७ जेष्ठ नागरिकहरुलाई सम्मान ।

प्रकाश छन्त्याल, लिउवा । १६ कार्तिक २०७५ । बरेङ गाँउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको शुरुवात गरेसंगै शुक्रबार बरेङ गाउँपालिका वडा नं १ धुल्लुबाँस्कोटको वडा कार्यलय लिउवामा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 

९९ बर्षिय देउकलि थापालाई नगद १ हजार रुपैयाँ र बलाङ्केटद्धारा सम्मानित उटघाटन कार्यक्रममा गाउँपालिकाले ७ जना बिशिष्ट जेष्ठ नागरिकलाई नगद १ हजार रुपैयाँ र बलाङ्केटले सम्मान गरेको हो । बलाङ्केट सहित सम्मानित हुनेमा ९८ वर्षिय हरिकला थापा, ९७  वर्षिय लिल बहादुर थापा, ८५ वर्षिय कर्ण बहादुर थापा, ८१ वर्षिय नर बिर पुन,८५ बर्षिय बिष्णु मगर्नी र ८३ वर्षिय भिम बहादुर दमैलाई सम्मान गरेको हो ।

त्यस्तै गाँउपालिकाले १४ जना जेष्ठ नागरिकलाई समेत सम्मान गरेको छ । उनीहरुलाई नगद १ हजार र दोसल्लाले सम्मान गरिएको हो । गाँउपालिकाले ७ जना बिशिष्ट जेष्ठ, १४ जना जेष्ठ र ३६ जनालाई सामान्य जेष्ठ नागरिक गरि ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जेष्ठ नागरिक साझा सम्पत्ती भएको र उनीहरुको संरक्षण गर्नु पर्ने बताउँदै उनीहरुको सल्लाह सुझाबलाई मनन गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । जेष्ठ नागरिकले जस्तो अहिलेका नागरिकले दुख कष्ट भोग्न नपरेको बताउनु भएको छ । अहिलेका नागरिकहरुलाई पहिले जस्तो दुख भोग्न नपर्ने गराउन जेष्ठ नागरिकहरुको ठूलो देन भएको बताउनुभयो ।

कार्यक्रम बरेङ गाउँपालिकाका उपाध्यक्ष डिल कुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल, समाजसेवी लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बरेङ गाउँपालिका–१ का अध्यक्ष नरसेङ पुनको अध्यक्षता, योजना शाखा प्रमुख मिलन श्रीस रानाको स्वागत र बरेङ गाउँपालिकाका लेखा प्रमुख पदम बहादुर थापाको संचालनमा सम्पन्न भएको हो ।

त्यस्तै गाउँपालिकाले उपभोक्ता समितिलाई अनुशिक्षण तालिम समेत दिएको छ । प्रशिक्षण कार्यक्रममा उपभोक्त समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल र लेखा सम्बन्धी लेखा प्रमुख पदम बहादुर थापाले सहजीकरण गर्नु भएको थियो । जेष्ठ नागरिक सम्मान कार्यक्रम भोली शनिबार बरेङ गाउँपालिकाका वडा नं २ हुग्दिशीरमा गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रेडियो बिहानीलाई जानकारी दिनु भएको छ । 

« चोंयाले धानेको हर्क बहादुरको जीवन ! «

» बरेङ गाँउपालिकाद्वारा हुग्दिशिरका ५३ जना जेष्ठ नागरिक सम्मानीत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal