पुरुषोदय मावि बराहकोटमा तिज गीत प्रतियोगिता सम्पन्न
भुमा मगर
२२ भदौ २०८० ।पुरुषोदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका २ बराहकोटमा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीलाई गीत संगीत प्रति अभिरुचि जगाउन र उनिहरुमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नरिनारायण पौडेलले जानकारी दिनुभयो ।
जम्मा ७ समुहको सहभागिता रहेको प्रतियोगितामा निशा विक, सन्ध्या विक, कोपिला नेपाली, तिर्सना परियार, अन्सु विक, प्रतिक्षा वर्माको समुह प्रथम बन्यो । सुस्मिता विक ,युनिक काउचा, सन्जु विक,मैति विक, पवित्रा थापा, सीमा थापाको समुह द्धितिय र लिला क्षेत्री कमला परियार, सविना विक, विपना सुनार, अनिसा श्रीस र संगीता विकको समुह तृतिय भएका विद्यालयका शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै आज नै कक्षा ११ का अवआगन्तुक विद्यार्थीहरुलाई पनि एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले विद्यार्थीहरुलाई गुणस्तरिय ,सीपमुलक र व्यावहारिक शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो
कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्रीसको अध्यक्षता र शिक्षक अर्जुन रेग्मि र कक्षा १२ का छात्र प्रतिक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।







