दर्ता. न‌: २४५/०६५/०६६

ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा साक्षरता दिवसको अवसरमा अन्तर सदनात्मक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

भुमा मगर 

२२ भदौ २०८० ।ज्ञानोदय आधारभूत विद्यालय बरेङ गाउँपालिका ३ बाटाकाचौर बागलुङमा साक्षरता दिवस को अवसरमा अन्तर सदनात्मक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा ग्रीन हाउस सदन प्रथम, रेड हाउस सदन दित्तिय, ब्लु हाउस सदन तृतीय र एल्लो हाउस सदन सान्त्वना भएका छन्। 

विजेता विद्यार्थीहरुलाई प्रधानाध्यापक मदन बहादुर काकीले बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गर्नुभएको हो । 

प्रतियोगितामा शिक्षकद्धय चन्द्रमणि सुवेदी र हुमनाथ न्यौपानेले निर्णायकको भुमिका निर्वाह गर्नुभएको प्रधानाध्यापक मदन बहादुर कार्किले  जानकारी दिनुभयो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक कार्कीको अध्यक्षता, शिक्षिका भीम कुमारी कार्कीको स्वागत र  शिक्षिका मञ्जु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

« पुरुषोदय मावि बराहकोटमा तिज गीत प्रतियोगिता सम्पन्न «

» जयखानिको मुल्कमा टिपर दुर्घटना, चालकको अवस्था सामान्य »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal