बरेङको भृकुटी माध्यमिक बिद्यालयद्धारा निबर्तमान प्रधानाध्यापक शिक्षक रुप नारायण शर्मालाई बिदाइ ः शर्माद्धारा रु १ लाखको अक्षयकोष स्थापना
बिद्या मगर ३० भदौ २०८० ।बरेङको भृकुटी माध्यमिक बिद्यालयले निबर्तमान प्रधानाध्यापक शिक्षक रुप नारायण शर्मालाई बिदाई गरेको छ ।
विद्यालयमा अस्थायी र स्थायी गरी करिब ३८ बर्ष शिक्षण र करिब ३१ बर्ष लामो कुशल र सफल रुपमा प्रधानाध्यापकको सेवा गर्नुहुने शिक्षक रुप नारायण शर्माको अनिवार्य अवकाश पछि भव्यताका साथ बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बरेङ गाउँकार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष, सदस्य, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारीहरु, पालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु, क्याम्पसका प्रमुख, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिवाक समितीका पदाधिकारीहरु, सेवाक्षेत्रका क्लब, आमासमूहहरु, अभिभावक तथा सबै विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि बरेङ गाउँकार्यपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, मूख्य अतिथी बिदाई हुनुहुने शिक्षक तथा भूतपूर्व प्रअ. रुपनारायण शर्मा, अध्यक्षता विव्यस. अध्यक्ष राम बहादुर क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य शिक्षक श्री खिम बहादुर पुन, धन्यवाद मन्तव्य प्रधानाध्यापक श्री लिलाधर पौडेल, कार्यक्रम सञ्चालन शिक्षक श्री विष्णु बहादुर खत्री, बिदाई सांस्कृतिक प्रस्तुति संयोजन शिक्षिका श्री सरस्वती थापा, कार्यक्रम स्वमंसेवक भूमिका कक्षा १२ साथै सम्पुर्ण शिक्षक शिक्षिका हरुको सक्रियतामा भव्यताका साथ सम्पन्न भएको थियो।
अबकास तथा निबृत्त हुनुहुने शिक्षक श्री रुपनारायण शर्मालाई शिक्षक, विद्यार्थी, विद्यालय परिवार, विभिन्न समिती, सम्पुर्ण अतिथिहरुले सम्मान, अभिनन्दन, उपहार प्रदान एवम् विद्यालयको तर्फबाट नौमती बाजागाजाले सम्मान गरी विद्यालयबाट घर सम्म पु¥याइएको थियो भने शिक्षक श्री रुपनारायण शर्माले सम्पुर्ण अतिथि, विद्यालय परिवार, विद्यार्थीहरु र स्थानीयलाई सगुन स्वरुप खानपिनको व्यवस्था गर्नुभएको थियो साथै उहाँले विद्यालयबाट अवकाश भए पनि शैक्षिक सहकार्य सधैं गर्न तयार रहेको बताउदै रु. एक लाखको अक्षयकोषको घोषणा गर्नुभएको बिद्यालयका सूचना अधिकारी शिक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।







