दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालयको नवनिर्मित भवन राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्धारा उद्धघाटन

भुमा मगर

०७ असोज २०८० ।बरेङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालयको नवनिर्मित भवन समुद्घाटन समारोह आज आइतबार  सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दियो बालेर भवनको  उद्धघाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभाध्यक्ष् तिमिल्सिनाले बरेङको विकासका कार्यमा आफ्नो सधै साथ र सहयोग रहने बताउनुभयो । साथै उहाँले सुविधासम्पन्न वडा कार्यालयबाट प्रवाह हुने सेवा थप प्रभावकारी हुनु पर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले संघिय सरकार आएपछि गाउँगाउँमा सिहंदरबार आयो भनेता पनि दरबार काठमाडौमै छोडेर सिँह गाउँगाउमा भित्रिएको बताउनुभयो । उँहाले बरेङ गाउँपालिका भित्रका निर्माणाधिन भवनहरुको भुक्तानि संघिय सरकारबाट नहुँदा स्थानिय सरकार मारमा परेको गुनासो गर्नुभयो ।

समारोह बरेङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो  ।

कार्यक्रममा पुर्व प्रतिनिधि सभासदस्य सुर्य पाठक,बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन, शिक्षा अधिकृत सुर्य  प्रसाद शर्मा, लगायत पालिकाका जनप्रतिनिधि कर्मचारी वडा नंं २ का  वडाध्यक्ष हिरा बहादुर घर्ति, वडा नंं ४ का  वडाध्यक्ष किसन बहादुर खत्री, वडा नंं ५ का वडाध्यक्ष अम्मर बहादुर शेरपुर्जा सबै वडाका जनप्रतिनिधि कर्मचारी विभिन्न पार्टिका पार्टि प्रतिनिधि,प्रहरी,पत्रकार लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।

« बरेङको भृकुटी माध्यमिक बिद्यालयद्धारा निबर्तमान प्रधानाध्यापक शिक्षक रुप नारायण शर्मालाई बिदाइ ः शर्माद्धारा रु १ लाखको अक्षयकोष स्थापना «

» माओवादि केन्द्र बरेङ गाउँपालिकाको पार्टि जनसम्पर्क कार्यालय केन्द्रिय सदस्य थापाद्धारा उद्धाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal