माओवादि केन्द्र बरेङ गाउँपालिकाको पार्टि जनसम्पर्क कार्यालय केन्द्रिय सदस्य थापाद्धारा उद्धाटन
भुमा मगर
१४ असोज २०८० ।नेकपा माओवादि केन्द्रको बरेङ गाउँपालिकाको पार्टि जनसम्पर्क कार्यालय वडा नं. २ हुग्दििशिर घट्टमा पार्टिका केन्द्रिय सदस्य गगन थापाले उद्धाटन गर्नुभएको छ ।
पार्टि कार्यालय उद्धाटन गर्दै प्रमुख अतिथि पार्टिका केन्द्रिय सदस्य गगन थापाले अव माओवादि पार्टि जनताको जीवन परिवर्तनका लागी व्यापक रुपमा जनतालाई जागृत गर्दै अगाडि बढ्ने बताउनुभयो ।
जन सम्पर्क कार्यालय उद्धाटन पश्चात गाउँपाालिकाका पार्टि अध्यक्ष सन्त बहादुर श्रीसको अध्यक्षतामा बैठक बसी जनजनमा माओवादी घरघरमा माओवादी विशेष रुपान्तरण अभियानको समिक्षात्मक बैठक समेत सम्पन्न भएको छ ।
बैठकले गत भदौ १५ गतेदेखि हाल सम्मको अभियान सानदार रुपमा सफल भएको निष्र्कष सहित पार्टि नविकरण जन वर्गिय र जातिय संगठन निर्माणलाई व्यापकता दिने, पार्टिका जनप्रतिनिधिहरु अझै जनतासंग सहकार्य गरेर जनताका समस्याहरुलाई समाधान गर्न दृढतापुर्वक लाग्ने निणय गरिएको बरेङ गाउँ कार्यपालका सदस्य तथा माओवादी केन्द्र बरेङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष काशीराम विकले जानकारी दिनुभयो ।
» बाटाकाचौरको शारदा माविद्वारा बाच्छिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न »







