दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरको शारदा माविद्वारा बाच्छिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भुमा मगर

१४ असोज २०८० ।बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बरेङ गाँउपालिका वडा नं. ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापलाई सुदृढ गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ बाच्छिखर्क टोल शिक्षा सहयोग समितिको सहकार्यमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

विद्यालयले बाटाकाचौरको बाच्छिखर्कमा सम्बन्धित क्षेत्रका विद्यार्थी ,अभिभावक ,जनप्रतिनिधि ,समाजसेवी,शिक्षाप्रेमी व्यक्तित्व तथा विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षकहरु लगायत सरोकारवाला पक्षहरूसँग छलफल तथा अन्तरक्रिया गरि सबै क्षेत्रका व्यक्तिहरुको प्रतिनिधित्व हुने गरि निर्माण गरिएको बाच्छिखर्क टोल शिक्षा सहयोग समितिलाई निरन्तरता दिने निर्णय गरेको हो । 

कार्यक्रमले शिक्षक,अभिभावक र विद्यार्थीहरुको त्रिकोणात्मक सम्बन्धलाई सुदृढ गर्दै विद्यार्थीहरुको पठनपाठनलाई थप प्रभावकारी बनाई सिकाइ उपलब्धि वृद्धि हुने अपेक्षा लिईएको विद्यालयका शिक्षक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

समितिको संयोजकमा खिम बहादुर श्रीस,सह संयोजकमा टक कुमारी राना तथा सदस्यहरुमा रन बहादुर राना, शोभा थापा,खडक बहादुर थापा, केशकुमारी थापा, पुजा राना र सरस्वती थापा रहनुभएको छ । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने प्रमुख अतिथि पृथ्वी बहादुर पुनले सिकाई उपलब्धी वृद्धि गर्न शिक्षक विद्यार्थी अभिभावक तथा समग्र सरोकारवाला पक्षको जिम्मेवारी रहेको कुरा व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम बाच्छिखर्क टोल शिक्षा समितिका संयोजक खिम बहादुर श्रीसको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी बहादुर पुनको प्रमुख आतिथ्यता, शिक्षक मेघराज चालिसेको स्वागत र शिक्षक कृष्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

« माओवादि केन्द्र बरेङ गाउँपालिकाको पार्टि जनसम्पर्क कार्यालय केन्द्रिय सदस्य थापाद्धारा उद्धाटन «

» अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँपालिकाको प्रथम भेला सम्पन्न,१५ सदस्यि गाउँ समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal