दर्ता. न‌: २४५/०६५/०६६

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँपालिकाको प्रथम भेला सम्पन्न,१५ सदस्यि गाउँ समिति गठन

भुमा मगर
१५ असोज २०८० ।अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँपालिकाको प्रथम भेला सम्पन्न आइतबार बरेङ बजारमा सम्पन्न भएको छ ।
भेलामा बोल्दै प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष ढुण्डिराज शर्माले अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघको उद्देश्य माथि प्रकाश पार्दै राष्ट्रिय  पुजीको निर्माण गर्ने,दलाल अर्थतन्त्रको विस्थापन गर्ने स्थानिय स्रोत साधनको अत्यधिक उपयोग गर्दै सामुहिकताको विकास गर्ने,आयातलाई प्रतिस्थापन गर्ने र व्यापकरुपमा रोजगारीहरु सिर्जना गर्ने बतााउनु भएको थियो । 
“अहिले देशमा नितिगत भ्रष्टाचार मौलाएको छ भ्रष्टाचारलाई  उन्मुक्ति दिनु अपराध हो तसर्थ भ्रष्टाचार नियन्त्रण गरी भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाहि  गर्नुपछ ।” उहाँले भन्नुभयो ।
मोति प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भेलामा मन बहादुर पुनको स्वागत, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङ का जिल्ला सदस्य विमल प्रसाद शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका पहाडि तथा हिमाली भेगका उत्पादनमुलक अनुसन्धान संयोजक टेक बहादुर थापा ,बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय महासचिव ढाकाराम पौडेल प्रमुख अतिथि सघंका केन्द्रिय अध्यक्ष ढुण्डिराज शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाले मोतिप्रसाद शर्माको अध्यक्षतामा १५ सदस्यि अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँ समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मन बहादुर पुन सचिवमा लोक बहादुर क्षेत्री ,सहसचिवमा खुमराज शर्मा,कोषाध्यक्षमा प्रेम बहादुर खत्री र सदस्यहरुमा तारा थापा,नारायण आचार्य, खुम बहादुर थापा शसिलाल थापा,किरण पुन,खडक पुन,मनरुपा पुन,चित्र बहादुर शेरपुर्जा,चन्द्र शमशेर दगामी,मिन शर्मा रहेका छन् ।

« बाटाकाचौरको शारदा माविद्वारा बाच्छिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न «

» सुनगाभा युवा परिवारले आफ्नो आठौ बार्षिकोत्सव तथा दशै मेला २०८० भब्यताका साथ मनाउने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal