दर्ता. न‌: २४५/०६५/०६६

सुनगाभा युवा परिवारले आफ्नो आठौ बार्षिकोत्सव तथा दशै मेला २०८० भब्यताका साथ मनाउने

१५ असोज २०८० । दिपेन्द्र परियार । सुनगाभा युवा परिवारले आफ्नो आठौ बार्षिकोत्सव  तथा दशै मेला २०८० भब्यताका साथ मनाउने भएको छ । 

खेलकुद र समाज बिकासमा युवा सहभागिता अनुसासन आपसी मिलाप र स्वच्छ प्रतिशपर्धा आजको आबस्यकता भन्ने नाराका साथ गुल्मीको कालिगण्डकी गाँउपालिका ६ रम्फै स्थित स्थापित सुनगाभा युवा परिवारले  यहि असोज २४ गते देखि ३० गते सम्म बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरु को साथमा मनाउनेभएको हो ।

मेलामा साबिकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिवल प्रतियोगिता ,खुल्ला नृत्य प्रतियोगिता,घैटो फोर प्रतियोगिताको साथमा रक्तिम सास्कृतिक अभियानको बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको कलवका अध्यक्ष प्रकृति थापाले जानकारी दिनुभयो ।

मेलाको अबसरमा आयोजित पुरुष भलिवल तर्फ प्रथम हुनेले नगद रु २५ हजार मेडल र प्रमाण पत्र,द्धितिय हुनेले नगद रु १५ हजार मेडल र प्रमाण पत्र,तृतिय हुनेले नगद रु ८ हजार मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले नगद रु ४ हजार  प्राप्त गर्नेछन । त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगितामा बिजेताले  नगद रु ५ हजारमेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु ३ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । मेला को अबसरमा आयोजित खुल्ला नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद रु ३ हजार र प्रमाण पत्र द्धितिय हुनेले नगद रु २ हजार र प्रमाण पत्र ,तृतिय हुनेले नगद रु १ हजार र प्रमाण पत्र तथा सान्त्वना हुनेले नगद रु ५ सय र प्रमाण पत्र प्राप्त गर्ने छन । तथा घैटो फोर प्रतियोगिता मा बिजेतालाई आर्कषक पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक अजय सिंजाली मगरले बताउनु भयो ।

कार्यक्रमको उत्घाटन यहि असोज २५ गते दिउसो १ बजे हुने छ भने कार्यक्रममा टिकाराम थापा तुफान र सपना तारामी उद्धघोषक रहने छन । कार्यक्रमको अन्तिम दिन रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले बेजोड प्रश्तुति दिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सम्पुर्ण खेलाडी खेल प्रेमी ,कलाकार ,पत्रकार, लगाएत अन्य सबैलाई नागरिकलाई सहभागि हुन कलवले अनुरोध समेत गरेको छ ।

« अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बरेङ गाउँपालिकाको प्रथम भेला सम्पन्न,१५ सदस्यि गाउँ समिति गठन «

» विश्व शिक्षक दिवसको अवसरमा बरेङ गाउँपालिकाद्धारा सेवा निवृत शिक्षकहरुलाई सम्मान तथा विदाई, उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत,,गाउँपालिकाको कार्यसम्पादन मुल्याङ्कनमा ज्ञानोदय आवि सबैभन्दा उत्कृष्ट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal