दर्ता. न‌: २४५/०६५/०६६

विश्व शिक्षक दिवसको अवसरमा बरेङ गाउँपालिकाद्धारा सेवा निवृत शिक्षकहरुलाई सम्मान तथा विदाई, उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत,,गाउँपालिकाको कार्यसम्पादन मुल्याङ्कनमा ज्ञानोदय आवि सबैभन्दा उत्कृष्ट

भुमा मगर 

१९ असोज २०८० ।विश्व शिक्षक दिवसको अवसरमा बरेङ गाउँपालिकामा अनिवार्य सेवा निवृत शिक्षकहरुलाई सम्मान विदाई तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

बिहीबार बागलुङको बरेङ गाउँपालिकाले शिक्षक दिवसको अवसर पारि गाउँपालिकामा शिक्षण पेशामा संलग्न भइ अनिवार्य सेवा निवृत्त भएका ६ जना शिक्षकहरुलाई सम्मान तथा बिदाइ र शैक्षिक सत्र २०७९मा कक्षा ८ मा ३ दशमलव ५ वा सो भन्दा बढी जि.पि.ए. प्राप्त गर्ने विद्यार्थीहरु र कक्षा १० र कक्षा १२ मा ३ दशमलव ० वा सो भन्दा माथी जि.पि.ए.प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

दिवसको अवसरमा पालिका भरिका विद्यालयहरुको छनौट सूचक पुरा गरेका विद्यालयको स्तर छनौट गरी स्तरका आधारमा विद्यालयहरुलाई पालिकाले प्रमाणपत्र समेत वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले विद्यालयको मुल्याङ्कन गर्दा कति जिम्मेवारी पूर्वक काम गर्ने र दस्तावेज राख्ने गरिएको छ त्यसको आधारमा र छनौटका लागि पालिकाले राखेको सूचकहरु पुरा गर्दै विद्यालयहरुले अध्ययन अध्यापन गराउने विद्यालयहरुलाई पूर्णाङ्कको आधारमा स्तर छुट्टयाईएको बताउनु भएको छ ।

त्यस्तै पुरस्कृत विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न पुरस्कार वितरण गरिएको र आगामी दिनमा थप प्रगती गर्दै आफ्नो अध्ययन पुरा गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अनिवार्य सेवा निवृत्त भएका शिक्षकहरु भृकुटी माध्यामिक विद्यालयका रुप नारायण शर्मा, साग्दी प्राथमिक विद्यालयका पुर्ण बहादुर न्यौपाने, हुग्दिशिर प्राथमिक विद्यालयका जग बहादुर काउचा, शारदा माध्यामिक विद्यालयका रामजी प्रसाद न्यौपाने र भृकुटी माध्यामिक विद्यालयका राम प्रसाद पौड्याललाई गाउँपालिका अध्यक्ष शर्मा र प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले टिका, मायाको चिनो र प्रमाणपत्रले सम्मान तथा बिदाई गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षकहरुको तर्फबाट शारदा माध्यामिक विद्यालयका प्रधानाध्यापक देविदत्त पौडेल, अनिवार्य निवृत्त शिक्षकहरुको तर्फबाट रुपनारायण शर्मा, पुरस्कृत विद्यार्थीको तर्फबाट निसान थापाले शुभकामना तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाको स्वागत र शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच, विहिबार नै गाउँपालिकाले गाउँपालिका भित्रका ९ वटा विद्यालयहरुको कार्यसम्पादन मुल्याङ्कन सार्वजनिक गरेको छ ।

नतिजा अनुसार बरेङ गाउँपालिका ३ बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयले सबैभन्दा धेरै ८३ दशमलव १६ प्रतिशत अङ्क प्राप्त गरी पालिका भरमै उत्कृष्ट बनेको छ ।

बरेङ गाउँपालिका  ५ बागलुङको महेन्द्र माध्यमिक विद्यालयले ८० दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी द्धितिय बनेको छ भने बरेङ गाउँपालिका २ काफलबोटको भृकुटि माध्यमिक विद्यालयले ७८ दशमलव २५५ प्रतिशत अङ्क प्राप्त गरी तृतिय बनेको छ ।

यस्तै, बरेङ गाउँपालिका ३ बागलुङको शारदा माध्यमिक विद्यालययले  ७६ प्रतिशत, सर्वोदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका २ बरेङले ७० दशमलव ५ प्रतिशत, बरेङ गाउँपालिका ३ बागलुङको बालविकास आधारभुत विद्यालयले ६६ दशमलव ८४ प्रतिशत, बरेङ गाउँपालिका २ बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयले ६५ दशमलव ९ प्रतिशत,सल्यान सुखौरा माध्यमिक विद्यालय बरेङ गाउँपालिका ४ बागलुङले ५० दशमलव ५ प्रतिशत र बरेङ गाउँपालिका १ बागलुङको धुल्लुलिउँवा माध्यमिक विद्यालयले सबैभन्दा कम ४७ दशमलव ४७ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

« सुनगाभा युवा परिवारले आफ्नो आठौ बार्षिकोत्सव तथा दशै मेला २०८० भब्यताका साथ मनाउने «

» अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङको जिल्ला परिषद बैठक शनिबार सम्पन्न ,शिक्षक महासंघलाई जीवन्त राख्ने अखिल नेपाल शिक्षक संघ–केन्द्रिय अध्यक्ष कार्कि »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal