दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाद्वारा हुग्दिशिरका ५३ जना जेष्ठ नागरिक सम्मानीत

जीवन पौडेल, सुदला । १७ कार्तिक २०७५ । बुधबार देखी गाउँपालीकाका ५ वटै वडामा रहेका जेष्ठ नागरीक सम्मान कार्यक्रम थालेको बरेङ गाउँपालीकाले शनिबार वडा नम्वर २ हुग्दिशिरका ५३ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । 

८० बर्ष भन्दा माथि उमेर पुगेका नागरीकको सम्मान गर्ने गाउँपालीकाको आर्थिक वर्ष २०७४÷०७५ को निती तथा कार्यक्रम अन्तर्गत जेष्ठ नागरीकको सम्मान गरीएको गाउँपालीकाले जनाएको छ ।

सम्मान कार्यक्रम ९८ वर्षीय मैसरा वि.क लाई बलाङ्केट, र नगद रु १ हजार प्रदान गरेर उत्घाटन गरिएको थियो ।  कार्यक्रममा ९ जना अति विशिष्ट, २२ जना विशिष्ट र २२ जना जेष्ठ नागरीकको सम्मान गरीएको थियो । 

अति विशिष्ट जेष्ठ नागरीकलाई नगद रु १ हजार र बलाङ्केटले सम्मान गरीएको थियो भने विशिष्ट जेष्ठ नागरीकलाई नगद रु १ हजार र दोसल्लाले सम्मान गरीएको थियो । त्यस्तै अन्य जेष्ठ नागरीकलाई नगद रु १ हजारले सम्मान गरीएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रासाद शर्माले सरकारले स्थानिय तहमा प्र¥याप्त बजेट विनियोजन गर्न नसकेकोले स्थानिय तहले जेष्ठ नागरीकलाई आवस्यक सम्मान गर्न नसकिएको बताउनुभएको छ । जेष्ठ नागरीक समाज निर्माणका खम्वा भएकोले उनीहरुको सम्मान गर्नुपर्ने बताउनुभएको छ । सरकारले संघिय संरचना अनुसार स्थानिय तह बनाएता पनि समाजमा सम्मान योग्य व्यक्ति, एकल महिला, दलित, अपाङ्ताभएका व्यक्ति प्रति कुनै चासो नदिएको सन्दर्भमा बरेङ गाउँपालीककाले जेष्ठ नागरीक सम्मान कार्यक्रम रोखेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष दिलकुमारी पुनले  जेष्ठ नागरीक समाज परिवर्तनमा अहम भुमीका रहेकोले सम्मान गरीएको बनाउनुभयो । उहाँले जेष्ठ नागरीक मात्र नभई समाजमा पछाडी पारिएका महिला, दलित, एकल महिला लाई पनि सम्मान गर्नुपर्ने भन्दै आगामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत बैकुण्ठ पौडेलले राज्यले प्र¥याप्त सम्मान गर्न नसकेको सन्दर्भमा गाउँपालीकाले सानो सम्मान गरेको बताउनुभयो ।

कार्यक्रम वडा नम्वर २ का वडा अध्यक्ष गुप्त प्रसाद काला थापाको अध्यक्षता,गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता उपाध्यक्ष दिल कुमारी पुन, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ राज पौडेल, कार्यपालीका प्रवक्ता नर बहादुर बि.क, वडा सचिव, वडा सदस्य पत्रकार लगाएतको उपस्थीति रहेको कार्यक्रमको संचालन गाउँपालीकाका लेखापाल पदम थापाको संचालनमा सम्पन्न भएको थियो । यस अघि गाउँपालीकाले वडा नम्वर ४ सल्यान, वडा नम्वर ५ सुखौरा, वडा नम्वर १ धुल्लुबास्कोटका जेष्ठ नागरीकलाई  सम्मान गरीएको बताइएको छ ।

« बरेङ गाँउपालिकाद्वारा धुल्लुबाँस्कोटका ५७ जेष्ठ नागरिकहरुलाई सम्मान । «

» विद्यार्थी जेठो छोरा हुने की कान्छो ?  शिव चालिसे बागलुङ । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal