अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङको जिल्ला परिषद बैठक शनिबार सम्पन्न ,शिक्षक महासंघलाई जीवन्त राख्ने अखिल नेपाल शिक्षक संघ–केन्द्रिय अध्यक्ष कार्कि
भुमा मगर
२० असोज २०८० ।अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङको जिल्ला परिषद बैठक शनिबार बरेङ बजारमा सम्पन्न भएको छ ।
बैठकमा बोल्दै प्रमुख अतिथि अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानुभाई कार्किले प्राविधिक शिक्षा र गुणस्तरिय शिक्षा निशुल्क रुपमा उपलव्ध गराउन संघले पहल गर्नुुपर्ने कुरामा जोड दिनुभयो । संगठनको आकार संख्यात्मक रुपमा घट्दै गएपनि गुणस्तरिय ढङ्गले संगठित हुनपर्ने बताउनुभयो ।
पेशा र वर्गिय संगठन फरक पाटो भएको उल्लेख गर्दै शिक्षकहरु आफ्नो हकहित संरक्षणका लागी राजनैतिक गतिविधिमा सहभागि हुनुपर्ने उहाँको भनाई छ ।
उहाँले शरिर ठुलो भएर वा मोटोघाटो भएर मात्र नहुने,हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउदै शिक्षक महासंघ लाई जीवन्त राख्ने अखिल नेपाल शिक्षक संघ नै भएको उल्लेख गर्नुभयो । शिक्षा ऐन आउनु भन्दा अगाडि सरकारले शिक्षाकर्मिहरुको हकहितमा आउछ भने पनि छुटेर आएपछि सम्पुर्ण शिक्षकहरु आन्दोलित हुनु परेको भन्दै संघिय ऐन को प्रबन्ध नहुदै स्थानिय पालिकामा रिस साधेर र शिक्षकहरुलाई मनलाग्दी सरुवा बढुवा गर्ने काम समेत भएकाले लाखौ शिक्षक आन्दोलनको लागी काठमाण्डौ पुगेको बताउनु भयो ।
बेठकमा केन्द्रिय सदस्य तथा सर्वोदय क्याम्पस बरेङका क्याम्पस प्रमुख फुलकुमारी शर्मा , गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा ,पुर्व सासंद कृष्ण थापा, केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
बैठकमा बागलुङका १० वटै पालिकाका विद्यालयहरुको अवस्थाबारे पालिकागत रिपोर्ट प्रस्तुत गरिएको थियो ।
बरेङ गाउँपालिकाको शिक्षक रुपनारायण शर्माले,जैमिनि नगरपालिकाको चन्द्रकान्त आचार्य ,बागलुङ नगरपालिकाको इश्वरी शर्मा,काठेखोला गाउँपालिकाको धन प्रसाद पुन, ताराखोला गाउँपालिका अध्यक्ष मित्रदत्त ढकाल,बडिगाड गाउँपालिकाशिवलाल बम, निसीखोला गाउँपालिकाको मोहन सापकोटा,गलकोट नगरपालिकाको सोमराज सापकोटा,ढोरपाटन नगरपालिकाको पदमबहादुर छन्त्याल र तमानखोला गाउँपालिकाको बेद बहादुर बुढा मगरले रिपोट प्रस्तुत गर्नुभएको थियो ।
अखिल नेपाल शिक्षक संघ जिल्ला परिषद बागलुङको सांगठानिक तथा प्रगति प्रतिवेदन संघका जिल्ला सचिव चन्द्रकान्त आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले समाज सभ्य बनाउन शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
साथै उहाँले शिक्षकहरु कुनै न कुनै उत्पादनसंग जोडिनुपर्ने कुरामा जोड दिनुभयो ।
बैठक अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालको अध्यक्षता,अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानुभाई कार्कीको प्रमुख अतिथ्यता,शिक्षक चित्र बहादुर थापाको स्वागत र अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङका जिल्ला सचिव चन्द्रकान्त आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।







