पुरुषोदय माध्यमिक विद्यालय बरेङ–२ बराहकोटमा अतिथि सम्मान कार्यक्रम सम्पन्न, काउचा परिवारद्धारा विद्यालयलाई आर्थिक सहयोग
भुमा मगर
२४ असोज २०८० ।पुरुषोदय माध्यमिक विद्यालय बरेङ–२ बराहकोटमा अतिथि सम्मान कार्यक्रम आज बुधबार सम्पन्न भएको छ।
बरेङ गाँउपालिका–२ बराहकोटमा जन्म भई हाल युकेमा बसोवास गर्नुहुने डिलबहादुर काउचा, भुमा काउचा र मनबहादुर काउचालाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
विद्यालयको शैक्षिक तथा आर्थिक विकासमा महत्वपुर्ण योगदान पु¥याएवापत सम्मान गरिएको विद्यालयले जानकारी दिएको छ ।
कार्यक्रमकै विच डिल बहादुर काउचा र निजकोे परिवारले विद्यालयलाई सहयोग स्वरुप एक लाख रुपियाँ नगद प्रदान गर्नुभएको विद्यालयका शिक्षक नाम बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै काउचाले आफुहरु जहाँ रहे पनि आफ्नो जन्मथलो र विद्यालय प्रति सद्भाव र माया रहेको भन्दै आगामी दिनमा पनि विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक मनवहादुर श्रीसले विद्यालयलाई अािर्थक सहयोग गरेकामा सिङ्गो काउचा परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमजंग श्रीसको अध्यक्षता, शिक्षक नरिनारायण पौडेलको स्वागत र शिक्षक नाम बहादुर थापाको सञ्चालनमा समपन्न भएको थियो ।
» नेकपा माओवादि केन्द्र बरेङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न »







