दर्ता. न‌: २४५/०६५/०६६

नेकपा माओवादि केन्द्र बरेङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

भुमा मगर

२६ असोज २०८० ।नेकपा माओवादि केन्द्र बरेङ गाउँ कमिटिले  वडा नं ४ सल्यानमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कमिटिले दशैतिहार तथा छठ पर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज शुक्रबार सम्पन्न गरेको हो ।

माओवादी केन्द्र बरेङका अध्यक्ष सन्त बहादुर श्रीसको अध्यक्षतामा गाउँपालिकाको वडा नं. ४ र ५ लाई समेटेर कार्यक्रमको आयोजना गरिएको बरेङ गाउ कार्यपालिका सदस्य तथा माओवादी केन्द्र बरेङ गाउँपालिका २ अध्यक्ष काशीराम विकले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य गगन थापाले नीतिगत र संस्थागत भ्रष्टाचारलाई निरुत्साहित गर्ने, जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त समाजवाद उन्मुख संविधान, सघिय लोकतांत्रिक व्यवस्थाको रक्षाको लागि एकतावद्द हुने प्रेरणा मिलोस, भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको जीवनमा खुशीयाली र समृद्धी मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्र संसदीयदलकि प्रमुख सचेतक कुशुम बुढामगरले आफ्नो शुभकामना मंतव्य राख्दै योजना बैंक मार्फत योजना छनोटमा बरेङ गाउँपालिका आफ्नो प्राथमिकतामा पर्ने बताउनुभयो । 

कार्यक्रम माओवादी केन्द्र बरेङका अध्यक्ष सन्त बहादुर श्रीसको अध्यक्षता र मनिष गौतमकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

« पुरुषोदय माध्यमिक विद्यालय बरेङ–२ बराहकोटमा अतिथि सम्मान कार्यक्रम सम्पन्न, काउचा परिवारद्धारा विद्यालयलाई आर्थिक सहयोग «

» बरेङ गाउँपालिकामा बृहत सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न,,सर्वोदय क्याम्पसमा सरसफाई संगै शुभकामना आदानप्रदान पनि,ज्ञानोदय आविमा सक्रिय सरसफाई कर्ता पुरस्कृत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal