दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा बृहत सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न,,सर्वोदय क्याम्पसमा सरसफाई संगै शुभकामना आदानप्रदान पनि,ज्ञानोदय आविमा सक्रिय सरसफाई कर्ता पुरस्कृत

भुमा मगर

२६ असोज २०८० ।बागलुङको बरेङ गाउँपालिकाले बृहत सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

गाउँपालिकाको अनुरोधमा हिजो शुक्रबार गाउँपालिकाको कार्यालय संगै ५ वटै वडाका वडा कार्यालय, क्लव ,संघ सस्था सार्वजनिक स्थान,मठमन्दिर,विद्यालय आसपासका ठाउँ र बाटोघाटो लगायत गाउँपालिका भित्रका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरिएको हो ।

दशैतिहार नजिकिए सगै गाउँघर अथवा सहरबजारमा आफ्नो घर,विद्यालय,बाटोघाटो,मन्दिर लगायत सार्वजनिक स्थानहरुमा सरसफाई गर्ने चलन पहिले देखि नै चलि आएको छ । 

यहि चलनलाई निरन्तरता दिँदै र हाल डेङ्गु संक्रमण समेत बढिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रम अन्तर्गत बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको नेतृत्वमा ,प्रमुख प्रशासकिय अधिकृत,शाखा अधिकृत,पालिकाका कर्मचारी,सम्पुर्ण कार्यालयका कर्मचारी,क्लव संघसस्थाका प्रतिनिधि,जनप्रतिनिधि,प्रहरि,समाजसेवि लगायतको उपस्थितिमा पालिकाका विभिन्न स्थानका बाटोघाटो मठमन्दिर विद्यालय परिसर लगायतका सार्वजनिक ठाउँहरुको सरसफाई गरिएको हो ।

गाउँपािलकाको ५ वटै वडाका वडाकार्यालय परिसर, सम्पुर्ण विद्यालय,बाटोघाटो,मन्दिर लगायत सार्वजनिक स्थानहरुमा आ–आफ्नो छुट्टाछुट्टै टोल,समुहले पहिलेका वर्षहरु जस्तै यसवर्ष पनि सरसफाई गरिएको र बाकि रहेका स्थानहरुमा भोली सरसफाई गरिने ५ वटै वडाका वडाध्यक्षहरुले बताउनुभएको छ ।

यसैविच, बरेङको सर्वोदय क्याम्पसले सरसफाई कार्यक्रम संगै शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ  । 

कार्यक्रममा सर्वोदय क्याम्पस स्ववियु सचिव भुवन ढकाल,शिक्षण सहायक कृष्ण प्रसाद आचार्य, क्याम्पस सञ्चालक समितिका सदस्य प्रध्यापक रुपनारायण शर्मा र क्याम्पस प्रमुख फुलकुमारी शर्माले शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालन समितिका सदस्य पुर्ण बहादुर पुनको अध्यक्षता , क्याम्पसका आंशिक शिक्षण सहायक ओम बहादुर पुनको स्वागत र क्याम्पसका आंशिक शिक्षण  सहायक नाम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । null

क्याम्पसले आजैदेखि दशैतिहार र छठ पर्व समेटेर क्याम्पस विदा गरेको विदा गरेको छ ।

यस्तै, बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयले भने फरक ढङ्गले सरसफाई कार्यक्रम  सम्पन्न गरेको छ ।

विद्यालयले गाउँपालिकाको बृहत सरसफाई अभियानमा सहभागि बन्दै सरसफाई अभियानमा लाग्ने सक्रियता पुर्वक लाग्ने विद्यार्थी मध्यबाट कक्षा ७ का छात्र गोपाल पौडेललाई पुरस्कृत गरेको छ भने सरसफाई अभियानमा सक्रियता पुर्वक काम गरेका विद्यालय सरसफाई समितिलाई समेत टिका फुलमाला र पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्किले जानकारी दिनुभयो ।null

साथै विद्यालयका प्रधानाध्यापक कार्किले अभियानमा सहभागि सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

« नेकपा माओवादि केन्द्र बरेङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न «

» बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा अभिभावक भेला सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal