बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा अभिभावक भेला सम्पन्न
भुमा मगर
२८ असोज २०८० ।पुरुषोदय माध्यमिक विद्यालय, बरेङ गाउँपालिका २ बराहकोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
आउदै गरेको विजयादशी शुभदिपावली तथा छठ पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी शिक्षक, विद्यार्थी र अभिभावक विच एक आपसमा शुभकामना आदान प्रदान गरिएको हो।
शिक्षक, विद्यार्थी र अभिभावक विचको सम्बन्धलाई प्रगाढ बनाउन र आपसी सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा कक्षा ८ का रिजन पुन, कक्षा १२ की स्मृति पुन र रिता पौडेल, शिक्षकहरू भुवन घर्ति, मिलत प्रभात अधिकारी र बल वहादुर पुनले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मनबहादुर श्रीसले चाडपर्वलाई अनावश्यक रूपमा भड्किलो नवनाई सभ्य र सरल तरिकाले मनाउन र चाडपर्वको नाममा हुने विभिन्न विकृतिलाई रोक्न विद्यार्थीहरूले समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मनवहादुर श्रीसको अध्यक्षता,शिक्षक नाम बहादुर थापाको स्वागत र सन्तोष श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैविच, आज नै विद्यालयमा वाल कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीका अभिभावकहरूको भेला पनि सम्पन्न भएको छ।
विदाको समयमा वालवालिकाको पठनपाठनलाई निरन्तरता दिन, उनिहरुलाई नियमित गृहकार्य गराउन अभिभावकले सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
» बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न »







