दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न

भुमा मगर । 

२८ असोज २०८० ।बरेङ गाउँपालिका ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा वडादसैंको पहिलो दिन घस्थापना को अवसरमा शुभकामना आदान प्रदान तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र बाल कक्षाका विद्यार्थीका अभिभावक बीच शुभकामना आदानप्रदान गरिएको थियो भने दशैंको पहिलो दिन घटस्थापना भएकोले विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्की , सहायक प्रधानाध्यापक हुमनाथ न्यौपाने र शिक्षक भीम कुमारी कार्कीबाट विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षकलाई टीका, फूल र दक्षिणा प्रदान गरिएको छ। भने सम्पूर्ण शिक्षक र विद्यार्थी बीच शुभ कामना आदान प्रदान सगै आजको दिन देखि कार्तिक महिना को ३०गते सम्म विद्यालय बिदा गरी मंसिर एक गते देखि पठन पाठन सञ्चालन हुने गरी विद्यालय बिदा गरिएको छ।null

कार्यक्रममा विद्यालयका कक्षा ८का १५जना विद्यार्थी र ९ जना शिक्षकहरुले शुभ कामना मन्तब्य व्यक्त गरेका थिए 

कार्यक्रम प्रधानाध्यापक मदन बहादुर कार्की को अध्यक्षता, सहायक प्रधानाध्यापक हुमनाथ न्यौपानेको स्वागत, शिक्षक अमृत न्यौपाने, शिक्षिक भीम कुमारी कार्की, शिक्षिक जमुना पौडेलको व्यवस्थापनमा शिक्षिक सीता सुवेदी र राधा थापाको अभिलेखीकरणका साथ चन्द्रमणि सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।null

« बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा अभिभावक भेला सम्पन्न «

» बिहानी सहकारी संस्था लिमिटेड बरेङको १५ औं साधारण सभा बरेङ बजारमा सम्पन्न,रेडियो विहानी द्धारा सञ्चालन भएको अनलाइन तिज गीत प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार प्रदान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal