दर्ता. न‌: २४५/०६५/०६६

बिहानी सहकारी संस्था लिमिटेड बरेङको १५ औं साधारण सभा बरेङ बजारमा सम्पन्न,रेडियो विहानी द्धारा सञ्चालन भएको अनलाइन तिज गीत प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार प्रदान

भुमा मगर । 

३० असोज २०८० ।बिहानी सहकारी संस्था लिमिटेड बरेङ बजार बागलुङको १५ औं साधारण सभा मङ्गलबार बरेङ बजारमा सम्पन्न भएको छ ।

सभाको प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले सञ्चालक समितिको अथक प्रयासले सस्था अहिलेको अबस्था सम्म आउन सफल भएको बताउदै थप उन्नती प्रगतिका लागी सेयर सदस्यहरुले नियमित बचत तथा कारोबार गर्नेबानिको बिकास गर्न अनुरोध गर्नुभयो ।

गाँउपालिकाले सहकारीलाई पहिलो प्राथमिकतामा राखेर निति तथा बजेट बिनियोजन गर्दै आईरहेको भन्दै उहाँले उत्पादनमुखि कार्यक्रम लिएर पालिकामा आए आफुहरु सहकार्य गर्न तयार रहेको बताउनु भयो । 

सभामा प्रमुख अतिथि बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा,बिहानी सहकारी संस्थाका प्रवन्धक  शेखर थापा,संस्थाका सल्लाहकार रुपनारायण शर्मा,सर्वोदय क्याम्पस बरेङ का प्रमुख तथा सस्थाका लेखा समिति सदस्य फुलकुमारी शर्मा ,सर्बोदय माबिका प्रधानाध्यापक चित्र थापा,आर्दश सञ्चार सहकारी सस्था बरेङ साखा प्रमुख जयराम शर्मा,लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा ३० जना जेष्ठ सेयर सदस्य हरु लाई सम्मान गरिएको थियो भने उत्कृष्ट विधाहरु तर्फ असल बचतकर्ता कुमारी थापा, असल ऋणि मानकुमारी पुन, असल व्यवसायि केसव प्रसाद शर्मा ,नियमित बचतकर्ता बिष्णु कुमारी पुन लाई सम्मान गरिएको थियो ।null

सस्थाका सचिव विमल प्रसाद पौडेलले गत आथीक वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको प्रस्तावित निति तथा योजना पेश गर्नु भएकोमा सर्बसम्मतीले पास भएको छ ।

त्यस्तै सस्थाका कोषाध्यक्ष पुर्ण प्रकास पौडेलले आर्थिक प्रतिवेदन पेश गनुृको साथै आ.व ७९ ।८० को आय व्यय र आ.व .८०।०८१ कालागी प्रश्तावित बजेट प्रश्तुत गर्नु भएको थियो ।

त्यस्तै सस्थाका प्रबन्धक सेखर थापाले सामुदायिक रेडियो  बिहानीको गत आर्थिक बर्षको आय व्यय प्रतिवेदन प्रस्तुत गनुभएको थियो 

कार्यक्रमका दौरान हरितालिका तिजको अवसरमा रेडियो बिहानी द्धारा सञ्चालन गरेको अनलाईन तिज गित प्रतियोगितामा विजेता जैमिनि नगरपालिका ७ जैदिकि तेजा रसाईली तथा उपविजेता चन्द्रकोट गाँउपालिका १ दिब्रुङकी हिरा गुरुङलाई क्रमस नगद रु ७ हजार ,४ हजार को साथमा ट्रफी र प्रमाण पत्र साथै मायाको चिनो प्रदान गरिएको थियो ।nullnull

कार्यक्रमलाई प्रायोजन गर्ने प्रायोजक हरु बिष्णु रिजाल,मति प्रसाद पौडेल,सुना गुरुङ र नरेन्द्र पुनलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बिहानी सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता,सञ्चालक समितिका सदस्य पृथ्वी बहादुर पुनको स्वागत र सञ्चालक समितिका सदस्य मिन पुुुुनको सञ्चालनमा सम्पन्न भएकोे थियो ।nullnull

null

« बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न «

» आदर्श सञ्चार सहकारी संस्था बरेङ सेवा केन्द्रद्वारा श्रद्धाञ्जली तथा राहत प्रदान कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal