आदर्श सञ्चार सहकारी संस्था बरेङ सेवा केन्द्रद्वारा श्रद्धाञ्जली तथा राहत प्रदान कार्यक्रम सम्पन्न
विहानी संवाददाता ।
०३ कार्तिक २०८० ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड, बरेङ सेवा केन्द्रद्वारा आज शुक्रबार श्रद्धाञ्जली तथा राहत प्रदान कार्यक्रम सम्पन्न भएको छ।
बरेङ सेवा केन्द्रका सचिब कृष्ण श्रेष्ठका पिता सुबेदार लाल बहादुर श्रेष्ठको ८० बर्षको उमेरमा भएको निधनमा संस्थाको तर्फबाट मृतकको घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै एकाघरका परिवारलाई राहत वितरण गरिएको छ।
कार्यक्रममा सेवा केन्द्रका संयोजक जयराम शर्मा, सदस्य केशर बहादुर बर्मा, सदस्य प्रेम गिरी, सदस्य पदम जंग श्रीस लगायतको उपस्थिती थियो ।







