दर्ता. न‌: २४५/०६५/०६६

बरेङका स्वास्थ्य संस्थाहरूमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण तालिम

१९ कात्तिक २०८० । बरेङ । बरेङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली  (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी अभिमुखीकरण तालिम संचालन भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको सहजीकरण बरेङ गाउँपालिकाको आयोजनामा दुई दिन संचालन हुने गरी आइतबार गाउँपालिकाको सभाहलमा गाउँपालिका प्रमुख प्रशासकीय  अधिकृत जित बहादुर रानाले उद्घाटन गरेका हुन् ।
उद्घाटन संगै अधिकृत रानाले झन्झटिलो कामलाई सहज बनाउन,प्रविधी मैत्री बनाउन,सहजै तथ्यांक भेटाउन सकिने हुनाले सदुपयोग गरेर सम्बन्धित ठाउँमा पुग्ने गरी रिपोर्ट र इन्ट्री गर्न कर्मचारीलाई सुझाव दिएका थिए ।
पालिकाका सबै स्वास्थ्य सस्थाहरुमा वर्तमान चलिरहेको HMIS लाई डिजिटिलाइज प्रणालीमा लैजाने,पेपर बेस रेकर्डिङ र रिपोर्टिङ लाई चुस्त दुरुस्त बनाउने,सेवाको पहुँच सेवा प्रवाहमा सुधार ल्याउने तथा अनुगमन प्रणालीलाई सरल तथा प्रभावकारी बनाउने, निर्णय लिन व्यवस्थापकलाई सहज बनाउने तालिमको उद्देश्य रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
दुई दिन सम्म चल्ने तालिम स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रवीण शर्मा , जनस्वास्थ्य निरीक्षक  लक्ष्मी शर्मा, क्षयरोग कुष्ठरोग निरिक्षक देबप्रकाश घिमिरे,तथ्यांक अधिकृत घनश्याम सापकोटाले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।
उद्घाटन कार्यक्रम बरेङ गाउँपालिकाका सामाजिक विकास समिती सम्योजक तुफान पुनको अध्यक्षता र जनस्वास्थ्य निरीक्षक पदम बहादुर पुनको संचालनमा सम्पन्न भएको हो ।

« आदर्श सञ्चार सहकारी संस्था बरेङ सेवा केन्द्रद्वारा श्रद्धाञ्जली तथा राहत प्रदान कार्यक्रम सम्पन्न «

» दोस्रो जैमिनि ब्याडमिन्टन कप २०८० को उपाधि बरेङ ब्याडमिनटन संघलाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal