दोस्रो जैमिनि ब्याडमिन्टन कप २०८० को उपाधि बरेङ ब्याडमिनटन संघलाई
भुमा मगर ।
१९ कार्तिक २०८० ।जैमिनि ब्याडमिन्टन संघले आयोजना गरेको दोस्रो जैमिनि ब्याडमिन्टन कप २०८० तथा धौलागिरी अञ्चल स्तरिय सि लेवल व्याडमिन्टन प्रतियोगिताको उपाधि बरेङ ब्याडमिन्टन संघले प्राप्त गरेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताबाट बरेङ ब्याडमिन्टन संघ अन्तर्गत काशीराम विक र लिल बहादुर पुनको समुह प्रथम, डिमुवा ब्याडमिन्टन संघका राजेन्द्र हमाल र हरि लामिछानेको समुह द्धितिय र बरेङ ब्याडमिन्टन संघ अन्तर्गतकै डिल बहादुर गुरुङ र देवन थापाको समुह तृतिय भएका खेलाडि काशीराम विकले जानकारी दिनुभयो ।
प्रतियोगिता यहि कार्तिक १७ र १८ गते सञ्चालन भएको थियो ।
» विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्नका लागि पालिकाद्वारा कम्प्युटर वितरण »







