दर्ता. न‌: २४५/०६५/०६६

विद्यार्थी जेठो छोरा हुने की कान्छो ?  शिव चालिसे बागलुङ ।

विद्यार्थीको आफ्नो छुटै वर्ग नहुने हुदा यो समुदाय वर्गविहिन समुदाय हो । माक्र्सले आफ्नो दर्शनमा भरिएजस्तै वर्गसंघर्ष विद्यार्थी समुदायमा हुदैन यो सिद्धान्तत सर्वव्यापी कुरा हो । तर उनीहरु वर्गिय लडाई वा वर्गसंघर्षका सिकारु शक्ति भने हुन । किनकी विद्यार्थी सधै विद्यार्थी रहदैनन् । उनिहरु फरक प्रकारको वर्गिय पेसा वा व्यावसायमा छिटै प्रवेश गर्छन । विद्यार्थी जीवनमा उ माथी कस्तो प्रकारको वैचारीक खुराक पर्दछ उ भविश्यमा त्यस्तै प्रकारको पेशामा प्रवेश गर्दछ । अनि अर्को कुरा उ बसेको, हुर्केको, र पढेको समुदाय वा देशको स्थितीमा पनि उसको भावी जीवनको बाटो कोरिन्छ ।

एउटा छोटो प्रसङ्ग जोडै, धेरै पहिले एउटै बावुआमाका दुई छोरा थिए । पहिलो सारै भलादमि पारको सबैलाई सहयोग गर्ने । दोस्रो जडेया कसैको कुरा नखाने । यस्तो विवेद कसरी भयो त एक विद्धानले बुझ्न खोजे । पहिलोलाई सोधियो बाबाबाट सिकेको दोस्रोलाई सोधियो बाबाबाटै सिकेको भन्ने जवाफ आएपछि विद्धान झन रनभुल्लमा परे र उनि बाबा समक्ष पुगे बाबा र दोस्रो छोरा उस्तै बोलि साध्यनै भएन फेरी पहिलो छोरा संग पुगेर सोध्दा थाहा भयो उसलाई बाबाको व्यावहार मन नपरेकोले बाबालाई समाजले हेर्ने दृश्टीकोण राम्रो नभएकोले उ बाबाजस्तो हुन नमानेर बाबाबाटै सिकी फरक बाटो अवलम्भन गरेकको रैछ । यस लेखमा पनि विद्यार्थीहरुले क्रान्तिकारी आन्दोलन लाई द्रोस्रो छोराले झै नराम्रो दिशातिरै गएपनि बाबाको हुवाहु गर्ने वा पहिलोले झै आन्दोलनको स्खिलनलाई रोक्न प्रर्यत्न गर्ने भन्ने बिषयमा प्रकाश हाल्न प्रर्यत्न गर्न खोजिएको छ ।

 १. विद्यार्थीको पहिलो काम अध्ययन गर्ने हो । अध्ययन पनि पहिलो परिक्षा पास गर्न पाठ्यक्रमको अध्ययन दोस्रो भविश्यमा पेशा छनोट गर्न सौद्धान्तिक स्तर उठाउने अध्ययन प्रमुख अध्ययनका पक्ष छन् । जे जुन अवस्था छ । त्यसलाई त्यसरीनै बुझेर अध्ययन गर्नु हाम्रो जस्तो देशको विडम्वना भन माथि उठेर शिक्षालाई सर्वशुलव व्यवहारीक र वैज्ञानीक बनाउन प्रत्यन गर्नु पर्दछ । यसो गरियो भने मात्र आम विद्यार्थी समुदाय सचेत हुन्छ र आम पिद्यार्थी त्रान्तिका साहयक भुमिकामा लाग्न सक्छ । तिनैको भुमिकाले क्रान्तिलाई थप मजवुद बनाउछ र अगाडी वढाउन सकिन्छ । विद्यार्थीहरुले आफ्नो क्रान्तिकारी चरित्रलाई रक्षा गर्नका लागी क्रान्तिकारी दर्शन र विचारधाराद्धारा दिक्षित हुन जरुरी छ । सौद्धान्तिक स्तर उठाउन माक्र्सवाद, लेलिनवाद र माओविचारधाराबाट प्रशिक्षित हुनुपर्दछ । तरपनि कयौ क्रान्तिकारी संगठन भित्रका कयौ विद्यार्थी नेतृत्वलेनै माक्र्सवादको गलत व्याख्या गर्ने लेलिनवादी संगठनात्मक प्रणलीको गलत अभ्यास गर्ने र माओवाद नमान्ने जस्ता प्रवृति विकास भैरहेका छन । लेलिनले संगठनलाई व्यवस्थीत तरीकाले संचालन गर्न ठोस कार्यक्रम बनाउनुभयो । त्यो भन्दा अगाडी व्यवस्थित प्रकारको संगठन थियन । त्यस कारण कयै पदका कयौ देशका विद्यार्थी आन्दोलन र समर्ग आमुल परिर्वतनका आन्दोलनहरु समाप्तिको दिशामा पुगेको उदाहरणहरु पनि हामी माझ छन । त्यसैले विद्यार्थीहरुले पनि लेलिनले प्रतिपादन गरेको संगठनात्मक नियमको सहि अभ्यास गर्नु पर्छ । त्यो अभ्यासलाई निरन्तरता दिएकै कारण भावी राजनैतिक अनन्दोलन सफल हुन सक्छ । जब राजनैतिक आन्दोलन सफलताको दिशामा अगाडी बढ्छ तब क्रान्ति सहज हुन्छ ।

 २. तत्कालिन वा दिर्घकाालिन जुन रुपमा हेरेपनि क्रान्तिकारी आन्दोलनको सहायक भुमिकामा नै विद्यार्थीहरुको भुमिका रहेको हुन्छ । किनकी आमुल परिर्वतनको प्रमुख भुमिकामा रहने सोषित पिडित गरिब निमुखा किसान तथा मजुदुरहरुलाई उनिहरुको वास्तविक अवस्था परिचाहन गराई परिर्वतनशिल आन्दोलन र आमुल परिर्वतनको दिशामा संगठित र प्रशिक्षित गर्ने कार्य विद्यार्थीहरुले सहज रुपमा जिम्मेवारी लिई पुरा गर्न सक्छन । किसान तथा मजुदुरहरु राज्यबाट शोषित छन् भन्ने ज्ञान विद्यार्थीहरुले छर्न सके भने मात्र उनीहरु संगठित हुन्छन र संगठनको बलले मात्र क्रान्ती पुरा गर्न सकिन्छ ।

 ३. विद्यार्थी कालमा सबैभन्दा बढि राजनिति गर्नुपदर्छ । किनकि आज जुन अवस्था छ । भोली त्यो रहदैन यसको अथृ हो विद्यार्थी सधैं विद्यार्थी रहदैन । ऊ भोलीको राज्य संचालक हो । त्यसैलेनै विद्यार्थी जीवनमा नै जनताहरु र देशको वास्तविक अवस्था थाहा पाई परिर्वतनका लागी बलियो संगठन निमार्ण गर्नु पर्दछ । आफैले अध्ययन गरिरहेको शिक्षा प्रणली सुधारका निम्ती पनि महत्वपुर्ण कदम उठाउन सक्नु पर्दछ । यो अभ्यास गर्नका लागी राजनीति अनिवार्य सर्त हो र यो अभ्यासबाट अगाडी बढेकाले मात्र देशको बाघढोर सहि तरिकाले हाक्न सक्छन । यस सन्र्दभमा उनिहरुले चेतना वृद्धि गरिसकेका हुने हुदा वर्ग शंर्घश झन बलियो हुदै जान्छ । र क्रान्तिलाई बल पुग्दछ । देशको सम्पुर्ण अर्थतन्त्रको चावि शिक्षा क्षेत्रमानै छ । यसको सहि पहिचाहन विद्याथी कालमानै गरेर परिर्वतन गर्न सकियो भने मात्र आमुल परिर्वतनमा महत्वपुर्णकाम हुन सक्दछ । त्यसैले विद्यार्थीहरु बढि भन्दा बढि राजनितिमा सक्रिय हुन जरुरी छ ।

४. विद्यार्थीले गर्ने समाजसेवा होकी राजनिति यी २ पक्ष विभादित छन । धेरैलाई लाग्ने गर्छ र नै भनेका होलान राजनिति गर्नु भनेको नै समाजसेवा गर्नु हो र हाम्रो देशमा पनि त्यो नै अभ्यास भईरहेको छ । त्यसो भए समाजसेवा भनेको केहो त ? यो प्रश्न बारम्बार उठ्ने गर्दछ । समाज – एउटा निश्चित समुदायका व्यक्तिहरुको समुह , सेवा – जुन अवस्थामा छ सोहि स्थितीमा रहनका लागी मानव जातिलाई विचमा आईपर्ने कठिनाइ हरुमा गरिने सहयोग । यसरि हेर्दा समाज जुन अवस्थामा छ सोही अवस्थामा राख्न भरपुर सहयोग गर्न भनेको समाजसेवा हो । त्यसो भए राजनिति पनि यही होत ? पक्कै पनि होईन राजनितिले समाज बदल्ने दिशा देखाउनुपर्छ र बदल्नुपर्छ । राजनिति र समाज सेवा फरक कुरा हुन त्यसैले क्रान्तिकारी विद्यार्थीले समाजसेवा होइन राजनिति गर्न जरुरी छ । वर्गसंर्घशको आन्दोलनमा लाग्दा व्यत्तीलाई भएको केही अप्ठ्याराहरुलाई सामुहिक तरिकाले समाधान गरेर जानुपर्दछ । राजनितिमा लागेकाहरु र उनिहरुको परिवार भोकै मर्ने वातावरण बनाउनु हुदैन । त्यस दिशामा लाग्ने क्याडहरुले मात्र क्रान्ति सहज बनाउन सक्छन ।

 ५. पार्टि आन्दोलन र संघृमा कहिलेकाहि पुजी निमार्ण वा संकलन र खर्चको पद्धतीमा व्यक्ति अनुसार फरक पन आयो भने , नेतृत्व तथा कार्यकर्ताहरुमा निम्न पुजिवादी चरित्र विकास भयो भने र वैचारीक हिसाबले बढि क्रान्तिकारी तर व्यावहारत दक्षिणपन्थी नेतृत्व भयो भने कम्मुनिष्ट पार्टिमा २ लाईनको संर्घश विकास भएको पाहिन्छ । उक्त संर्घशलाई मध्यस्थकर्ताका रुपमा पार्टिको तल्लो इकाई सम्म सहि प्रकारले बैचारीक छलफल गराई आवश्यक सुझाव पठाई पार्टिमा देखिएको फरकपन र क्रान्तिकारी व्यावहारलाई स्खिलन हुनबाट रोकी सहि प्रकारको किसान र मजदुरहरुको पार्टी बनाउन र जनवादी क्रान्तिको दिशामा दिक्षित गर्न पनि विद्यार्थीको महत्वपुर्ण भुमिका हुने गर्दछ ।

 ६. अर्का विद्यार्थीले कुनै पनि हालतमा बिर्षनै नहुने कुरा हो । निती बनाउनेले मान्नु पदर्छ । यसको अभ्यास विद्यार्थी कालबाटै गरेर जानु पर्दछ । त यो क व्यावहारमा नआउनु नेपालि कम्युनिष्ट आन्दोलनको मुख्य समस्या हो । एक दिनको कमाई बराबरको मासिक आर्थिक सहयोग लेबी पार्टिलाई अनुसासन वाफत तिर्ने कुनै पार्टिको नियम हुनसक्छ । तर सोही पार्टिबाट सांसद बनेकाहरुले त्यो नियम मान्दैनन् । त्यस्ता उदाहरणहरु प्रसस्थै भेटिन थालेका छन । यो त उदाहरण मात्रै हो तर पार्टि चलाउन यो मात्रै नियम बन्दैन अनेकौ नियमहरु बन्ने गर्दछन । त्यी सबैको चुस्त कार्यन्यन हाई कमाण्डबाटै हुदैन तर तल्ता क्याडरहरुले मान्नै पर्ने नमाने अनुसासनको कार्वाही हुने प्रवाधान विकास भएको छ । यो गलत हो । यसका कारण तल्लोतहबाटै कार्यकर्ताहरु निश्क्रय हुने हुदा पार्टिमा ठुलो समस्या पैदा हुन्छ । क्रान्ति झन पछी धकेलिन्छ । यसलाई रोक्न स्वतन्त्र प्रकारले जेठो छोराको भुमिका विद्यार्थी संगठनहरुले निभाउनुपर्छ र मात्र क्रान्ति सफल हुन्छ ।

 ७. माथि भनिए जस्तै यदि कुनै लोभ लालचमा फसेर सर्वोच्च निकायनै स्खिलीत भयो वा अनुसाशनका नाममा मच्छेन्यायको शैली अपनायो भने, पार्टिको राजनैतीक आन्दोलन दक्षिणपन्थी दिशामा समाप्त हुने स्थिती देखा प¥र्यो भने वा नेतृत्वलेनै अनुसाशनको घेरा तोडेर अराजकतातर्फ लाग्यो भने । तल्लो तहका कार्यक्रताको सहयोगमा विद्यार्थीहरुलेनै अनुसानशनको घेरा तोडेर भएपनि पार्टिको सर्वहारा वर्गिय चरित्रको रक्षा गर्नु पर्दछ । यो कम्युनिष्ट आन्दोलनको सबैभन्दा महत्वपुर्ण संघिन घडिमा मात्र हुन्छ । यो अवस्थालाई क्षम्मे पार्न र आन्दोलनलाई बचाउन समेत विद्यार्थीको सहाय भुमका हुन्छ । यसरी कहिले पहिलो छोरा त कहिले दोस्रो छोराको भुमिकामा विद्यार्थी आन्दोलन लाग्नुपर्ने हुन्छ । अहिलेको नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउने हो भने जेठो छोराको भुमिकामा लाग्न जरुरी देखिन्छ ।

धन्यवाद ।

« बरेङ गाँउपालिकाद्वारा हुग्दिशिरका ५३ जना जेष्ठ नागरिक सम्मानीत «

» ईलाका प्रहरी कार्यलय बरेङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal