दर्ता. न‌: २४५/०६५/०६६

विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्नका लागि पालिकाद्वारा कम्प्युटर वितरण

२० कात्तिक २०८०। बरेङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली  (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएसङ्गै स्वास्थ्य सस्था र सामुदायिक स्वास्थ्य इकाइलाई १२ थान कम्प्युटर डेस्कटप वितरण समेत गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङको सहजीकरण बरेङ गाउँपालिकाको आयोजनामा संचालन भएको तालिम सोमबार सकिएको हो ।
पालिकाका सबै स्वास्थ्य सस्थाहरुमा वर्तमान चलिरहेको HMIS लाई डिजिटिलाइज प्रणालीमा लैजाने,पेपर बेस रेकर्डिङ र रिपोर्टिङ लाई चुस्त दुरुस्त बनाउने,सेवाको पहुँच सेवा प्रवाहमा सुधार ल्याउने तथा अनुगमन प्रणालीलाई सरल तथा प्रभावकारी बनाउने, निर्णय लिन व्यवस्थापकलाई सहज बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरेको बताइएको छ ।
तालिममा स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रवीण शर्मा , जनस्वास्थ्य निरीक्षक  लक्ष्मी शर्मा, क्षयरोग कुष्ठरोग निरिक्षक देबप्रकाश घिमिरे,तथ्यांक अधिकृत घनश्याम सापकोटाले सहजीकरण गरेका थिए ।
तालिम सहजीकरण सङ्गै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले कर्मचारीलाई नागरिक बडापत्र, निशुल्क पाइने औषधिको विवरण लगायत सूचनामुलक सामग्री कार्यालयमा आम नागरिकले देख्ने गरि राख्न सुझाव दिए ।
तालिम कार्यक्रममा सहभागी मध्यबाट धुल्लुबास्कोट स्वास्थ्य चौकीका एच ए  दिलबहादुर थापाले बोलेका थिए । उनले आयोजित गरिएको तालिमले धेरै सिक्ने मौका मिलेको बताए ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले प्रविधिको प्रयोग, डाटा सुरक्षण,शेयरिङ गर्ने बानी,समयमा रिपोर्टिङ,समय र प्रकृयामा ध्यान दिने, व्यवहारिक रुपमा उतार्ने कार्य गर्नका लागि कर्मचारीलाई सुझाव दिएका थिए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको अध्यक्षता र जनस्वास्थ्य निरीक्षक पदम बहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

« दोस्रो जैमिनि ब्याडमिन्टन कप २०८० को उपाधि बरेङ ब्याडमिनटन संघलाई «

» बरेँङका अलैचि किसानले यस सिजनमा झण्डै २२ लाख रकम गाँउ भित्राउन सफल »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal