भिकुम पुर्णिमाको अवसरमा आयोजित सत्यवति मेला २०८० बुधबार सम्पन्न, पुरुष भलिवल तर्फको उपाधि थ्रि स्टार खनियापाटालाई
भुमा मगर ।
मङ्सिर १३ २०८० । भिकुम पुर्णिमाको अवसरमा आयोजित सत्यवति मेला २०८० बुधबार सम्पन्न भएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका ७ हिलेमा रहेको सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सोहि स्थानमा रहेको संघर्ष युवा क्लबले यहि मङ्सिर ८ गते देखि मेलाको आयोजना गरेको हो ।
मेलाको अवसरमा पुरुष भलिवल प्रतियोगिता, महिला तथा भुपु भलिवल प्रतियोगिता,सामुहिक ख्ल्ला नृत्य प्रतियोगिता लगाएतका विविध प्रतिस्पर्धात्मक कार्यक्रमहरु सहित सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिएको क्लबका अध्यक्ष लेखान्त पुनले जानकारी दिए ।
मेलाको आज अन्तिम दिन पुरुष भलिवल प्रतियोगिता तर्फ भएको फाइनल खेलमा थ्रि स्टार युवा क्लव खनियापाटा गुल्मि प्रथम ,रेसुङ्गा मगर समाज तुपुङ गुल्मी द्धितिय, तमु युवा क्लव धुवाखोला गुल्मी तृतिय तथा सिर्जना युवा क्लव धुवाखोला गुल्मी सान्त्वना भएका क्लवका अध्यक्ष पुनले जानकामरी दिनुभयो ।
समापन समारोहमा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
समारोह कार्यक्रम संयोजक ओम गुरुङको अध्यक्षता र क्लवका सदस्य रमेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेँङका अलैचि किसानले यस सिजनमा झण्डै २२ लाख रकम गाँउ भित्राउन सफल «
» बरेङका कर्मचारीद्वारा सामुहिक कर्मचारी कल्याण कोष संचालन »







