दर्ता. न‌: २४५/०६५/०६६

बरेङका कर्मचारीद्वारा सामुहिक कर्मचारी कल्याण कोष संचालन

१६ मङ्सिर २०८० । हुग्दिशिर । बरेङ गाउँपालिकाका  ५ वटै वडाभित्र कार्यरत कर्मचारीहरुले सामुहिक कर्मचारी कल्याण कोष संचालनमा ल्याउने भएका छन्  ।

गाउँपालिकाको सभाहलमा शनिबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको सम्योजकत्व र पालिकाभित्रका करिब ६० जना कर्मचारीको उपस्तिथिमा कोष संचालन सम्बन्धी छलफल गरी ूकर्मचारी सामुहिक कोष २०८० कार्यविधिू समेत  पारित गरेको पालिकाका सूचना अधिकारी केशबराज क्षेत्रीले बताउनुभयो ।

भेलाले पाँच सदस्यीय कोष संरक्षक समिति, पाँच सदस्यीय संचालक समिति चयन गरेको छ । पालिकाभित्र मात्र काम गर्ने कर्मचारीको कल्याणका लागि मासिक बचत गर्ने, ऋण लगानी गर्ने, वार्षिक साधारण सभा गर्ने,  वाणिज्य बैंकमा रकम जम्मा गर्ने, लाभांश वितरण गर्ने कार्यविधिमा उल्लेख रहेको छ । विभिन्न आपतकालीन अवस्थामा सापटी रकम चलाउन पाइने, विभिन्न राहतका कोष र विभिन्न नीति नियम तथा कानुनी कुरा  कार्यविधिमा समावेश गरिएको सुचना अधिकारी क्षेत्रीले बताउनुभयो ।null

कार्यक्रममा पालिकाभित्र बिगत र वर्तमान समयमा दोहोरो भुमिकामा रही काम  गर्ने सुनिल क्षेत्री, रकिन्द्र कुमार राम, राज कुमार बोहरा, सुक्मित घर्ती मगर, सुर्यप्रसाद शर्मा,विष्णु प्रसाद न्यौपाने, राजन चालिसे, सङ्गिता शर्मा, प्रकाश चालिसे र सजना थापा गरी दस जना कर्मचारीलाई  मायाको चिनो र सम्मान पत्र दिएर समेत सम्मान गरिएको थियो ।

« भिकुम पुर्णिमाको अवसरमा आयोजित सत्यवति मेला २०८० बुधबार सम्पन्न, पुरुष भलिवल तर्फको उपाधि थ्रि स्टार खनियापाटालाई «

» बरेङका सामुदायिक महिला स्वास्थ्य सवयंसेविका सम्मानित »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal