बरेङका सामुदायिक महिला स्वास्थ्य सवयंसेविका सम्मानित
भुमा मगर ।मङ्सिर १९ २०८० ।आज २०औ सामुदायिक महिला स्वास्थ्य सवयं सेविका दिवस । बरेङमा पनि मनाइएको छ ।
“स्वास्थ्य क्षेत्रमा दिगो विकास ,महिला सामुदायिक स्वास्थ्य सवयं सेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ २० औ सामुदायिक महिला स्वास्थ्य सवयं सेविका दिवस बरेङ गाउँपालिका–१, धुल्लुबास्कोट स्वास्थ्य चौकीको आयोजना र फेयरमेड, बिवाइसी बागलुङको सहयोगमा आर्थिक वर्ष २०७९।०८० मा उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई र्यालि सहित सम्मान गर्नुका साथै उनीहरुको विचमा हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरिएको वडा नं. १ का वडा सचिव प्रकाश चालिसेले जानकारी दिनुभयो ।
सम्मानित हुने सामुदायिक महिला स्वास्थ्य सवयं सेविका हरूमा उत्कृष्ट सवयं सेविका जैसरा थापा,नियमित स्वास्थ्य आमा समुहको बैठक गरि स्वास्थ्य शिक्षा सञ्चालन गर्ने हिम कुमारी थापा र संस्थागत प्रसुति बढाउन आफ्नो क्षेत्रको सम्पूर्ण गर्भवतिलाई संस्थामा पठाउने गिता केसी क्षेत्री लाई सम्मान गरिएको हो ।



यसैचि, दिवसका अवसरमा वडा नं २ को हुग्दिशिर स्वास्थ्य चौकिमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको छ ।
उनिहरुले स्वास्थ्य क्षेत्रमा पुर्याउदै आएका योगदानको कदर गर्दै स्वास्थ्यचौकिमा कार्यरत सबै स्वास्थ्य स्वयंसेविकाहरुलाइ लाई टिका र फुलमालाको साथमा सम्मान गरी उनिहरु विच हाजिरी जवाफ प्रतियोगिता गराइ प्रथम र दोस्रो हुने समुहलाई पुरस्कार वितरण गरिएको हुग्दिशिर स्वास्थ्य चौकि स्रोतले जनाएको छ ।

यस्तै,वडा नं. ३ बाटाकाचौर स्वास्थ्य चौकीले पनि दिवसका अवसरमा स्वयम सेविकाहरुलाई उनिहरुले गरेका राम्रा कामप्रति बधाई तथा धन्यवाद दिदै उनिहरुलाई सम्मानित गरिएको बाटाकाचौर स्वास्थ्य चौकि स्रोतले जनाएको छ ।

यस्तै, बरेङ गाउँपालिका–४ सल्यान स्वास्थ्य चौकीले पनि २०औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारि स्वास्थ्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु सीता थापा, लक्ष्मी बोहोरा सार्की र नर्मदा सुवेदीलाई सम्मान तथा पुरस्कृत गरिएको सल्यान स्वास्थ्य चौकि स्रोतले जनाएको छ ।
यस्तै, वडा नं. ५ को सुखौरा स्वास्थ्य चौकिले पनि दिवसका अवसरमा वडा भित्रका ९ जना सामुदायिक महिला स्वास्थ्य सवयं सेविकाहरुलाई फुलमालाले सम्मान गरिएको सुखौरा स्वास्थ्य चौकि स्रोतले जनाएको छ । साथै स्वास्थ्य चौकिले दिवसका अवसरमा उत्कृृष्ट महिला स्वास्थ्य सवयंसेविकाका रुपमा देवि गलामी अर्मजालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
« बरेङका कर्मचारीद्वारा सामुहिक कर्मचारी कल्याण कोष संचालन «
» माओवादी केन्द्र बरेङको वडा नं.२ हुग्दिशिरको बाराकोटमा जनभेला सम्पन्न, २१ सदस्यीय वडा कमिटी गठन । »







