माओवादी केन्द्र बरेङको वडा नं.२ हुग्दिशिरको बाराकोटमा जनभेला सम्पन्न, २१ सदस्यीय वडा कमिटी गठन ।
भुमा मगर ।मङ्सिर २० २०८० ।माओवादी केन्द्र बरेङको वडा नं.२ हुग्दिशिरको बाराकोटमा जनभेला सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बरेङको वडा नं. २ हुग्दिशिरको बाराकोट स्थित खर्कको भवनमा आज बुधबार वडा नं. २ का जनसमूदायको उपस्थितिमा वडा स्तरिय भेला सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य गगन थापाले सुसासन, समृद्धि र सामाजिक न्यायलाई दृढतापूर्वक कार्यान्वयनमा लैजानको लागि सम्पूर्ण जनसमूदाय माओवादी पार्टीसंग एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित पदावधिकारी तथा सदस्यहरुलाई बधाई दिदै माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य चिनीमाया काला थापा मगरले नवनिर्वाचित कमिटीले वडाका जनसमुदायको हकहितका लागि सशक्त तवरले काम गरी जनताको मन जितोस भनि शुभकामना व्यक्त गर्नुभयो ।
भेलाले यम बहादुर विकको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा टेक बहादुर थापा, सचिव युवराज शर्मा सापकोटा, सहसचिवमा सुर्य पुन, कोषाध्यक्ष अमृता परियार र सदस्यहरुमा हस्त बहादुर विक, धर्म श्रीस, रुपनाधर शर्मा, बल बहादुर दर्जी, देवी काला पुन, शेर बहादुर श्रीस, सर्मिला श्रीस, सुरज सुनार, तेज बहादुर पुन, सीता छन्तेल,कुमारी थापा सुनार, विष्णु विक, टेक बहादुर सुनार, लिला क्षेत्री र डिल कुमारी आले रहेका छन् ।
भेला पार्टीका वडा नं. २ का पूर्व अध्यक्ष तथा बरेङ गाउँपालिकाका कार्यपालिका सदस्य काशीरामको विक अध्यक्षता र युवराज शर्मा सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै भेलाले हस्त बहादुर विकको नेतृत्वमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पनि गठन गरेको छ ।
« बरेङका सामुदायिक महिला स्वास्थ्य सवयंसेविका सम्मानित «
» राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ वार्षिक साधारणसभा सम्पन्न »







