दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोदय मावि वरेङ २ वराहकोटको ३ दिने कृषि विशेष भ्रमण कार्यक्रम सम्पन्न ।

भुमा मगर ।२८ मङ्सिर २०८० ।पुरुषोदय माध्यमिक विद्यालय वरेङ २ वराहकोट बागलुङ्गले ३ दिने कृषि विशेष भ्रमण कार्यक्रम सम्पन्न गरेको छ

विद्यालयले विद्यार्थीको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष बाल कक्षा देखी १२ कक्षासम्मका विद्यार्थीहरुलाई विभिन्न चरणमा शैक्षिक भ्रमण कार्यक्रम सन्चालन एवम सम्पन्न गर्दै आईरहेको छ। त्यसैअनुसार शैक्षिक सत्र २०८० को पहिलो चरणमा वाली विज्ञान अध्ययन गर्दै आईरहेका कक्षा ११, १२ तथा १२ पास गरी ओजिटि गरिरहेका विद्यार्थीहरु, शिक्षक स्टाफ गरी ३९ जनाको भ्रमण टोली कृषि विशेष क्षेत्रहरू, साँस्कृतिक, ऐतिहासिक, धार्मिक तथा मनोरन्जनात्मक क्षेत्रहरुको भ्रमण गरी मङ्गलबार फर्केको छ ।

यहि मङ्सिर २४ गतेबाट सुरुवाट गरेको भ्रमण टोली कृषि विशेष क्षेत्रहरु राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा, मकै अनुसन्धान केन्द्र रामपुर चितवन, माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा, वागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखरा, नेपाल एग्रोभाइन प्रालि चितवन तथा धार्मिक तथा पर्यटकीय क्षेत्रहरु, चितवन राष्ट्रिय निकुञ्ज सौराह चितवन, फेवाताल पोखरा एवम बन्जी जम्प पर्वत लगाएत अन्य मनोरञ्जनात्मक क्षेत्रको अवलोकन गरी मङ्गलबार साँझ विद्यालय आईपुगेको विद्यालयका शिक्षक सन्तोष बुराथोकिले जानकारी दिनुभयो । null

null

null

बरेङ गाउँपालिकाको एक मात्र वाली विज्ञान सन्चालन गरेको यस विद्यालयले, विद्यार्थीले हासिल गरेको सैद्धान्तिक शिक्षालाई सकेसम्म धेरैमात्रामा व्यवहारिक रुपमा अनुभव गर्न पाउन् भन्ने उद्देश्यले विद्यालयमा पनि प्रयोगात्मक पक्षलाई जोड दिदै आएको र थप अझै प्रयोगात्मक एवम व्यवहारिक पक्षहरूको अनुभव होस् भन्ने उद्देश्यले यस्ता कृषि विशेष शैक्षिक भ्रमण कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक मन बहादुर श्रीसले बताउनुभयो 

३९ जना भ्रमण टोलीको नेतृत्व कृषि प्रशिक्षकले गनुभएको थियो भने व्यवस्थापकको रुपमा शिक्षकहरू सन्तोष बुराथोकी, मिलन थापा, सुदिप श्रेष्ठ, विमल खड्का, अर्जुन रेग्मी, विष्णु श्रीस, किरन पुन र विन्दु पुन हुनुहुन्थ्यो । 

शैक्षिक सत्र २०८० को बाँकी रहेको शैक्षिक भ्रमण केही दिनपछि सञ्चालन गर्ने विद्यालयका विज्ञान विषय संयोजक तथा सूचना अधिकारी सन्तोष बुराथोकिले जानकारी दिनुभयो। 

« राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ वार्षिक साधारणसभा सम्पन्न «

» गुल्मिको कालिगण्डकि –६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव आज देखी सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal