दर्ता. न‌: २४५/०६५/०६६

गुल्मिको कालिगण्डकि –६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव आज देखी सुरु

भुमा मगर । ०२ पुस २०८० ।गुल्मिको कालिगण्डकि गाउँपालिका–६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समुद्घाटन समारोह आज आइतबार सम्पन्न गरेको छ ।

विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमहरुको साथमा आज देखी सुरु भएको हो ।

समारोहको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेसम बहादुर थापाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपश्चात विद्यालयका विद्यार्थीहरुद्धारा मार्चपास गरी कार्यक्रम सुरु गरिएको थियो ।

त्यसपछि अन्तरसदनात्मक छात्रछात्रा भलिवल प्रतियोगिता अन्तर्गत आज पहिलो चरणका खेलहरु भएको विद्यालयका सहायक प्रधानाध्यापक एवम सुचनाअधिकारी कविराज ढकालले जानकारी दिनुभयो । आज नै जुनियर सदन कक्षा २  देखी ७ सम्मका विद्यार्थीहरु विच बेलुन डान्स,म्युजिकल चियर,मिठाइ दौड र ढाड बाँध्ने खेल सम्पन्न भएका सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

विद्यालयले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको दोस्रो दिन भोली अन्तर विद्यालय स्तरिय अन्तर सदनात्मक छात्रछात्रा भलिवल प्रतियोगिताको फाइनल खेल, शिक्षक भलिवल प्रतियोगिता र जुनियर सदन कक्षा ४ देखी ७ र  अन्तर सदनात्मक कक्षा ८ देखी १२ सम्मको छुट्टाछुट्टै हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्नेछ ।

समुद्घाटन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेसम बहादुर थापाको अध्यक्षता, शिक्षकद्धय विनोद ढकाल र काशीराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यालयले आफ्नो वार्षिकोत्सव पुस ३ गते सम्म मनाउने छ ।

« पुरुषोदय मावि वरेङ २ वराहकोटको ३ दिने कृषि विशेष भ्रमण कार्यक्रम सम्पन्न । «

» देउराली मावि कालिगण्डकि–६ उपल्लो कोरेङकोे ४९ औँ वार्षिकोत्सव सम्पन्न “गाउँपालिका सदैव विद्यालयको पक्षमा छ ” पालिका अध्यक्ष थापा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal