दर्ता. न‌: २४५/०६५/०६६

देउराली मावि कालिगण्डकि–६ उपल्लो कोरेङकोे ४९ औँ वार्षिकोत्सव सम्पन्न “गाउँपालिका सदैव विद्यालयको पक्षमा छ ” पालिका अध्यक्ष थापा ।

भुमा मगर ।०४ पुस २०८० ।गुल्मिको कालिगण्डकि गाउँपालिका–६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज बुधबार सम्पन्न गरेको छ ।

आइतबार देखी सुरु भएको विद्यालयको ४९ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित आज सम्पन्न भएको हो ।

समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकि गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले विद्यालयको थप शैक्षिक उन्नतिको कामना गर्दै गाउँपालिका सदैव विद्यालयको पक्षमा रहेको बताउनुभयो ।

हिजो बाकि रहेका शिक्षक भलिवल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता समेत आज सम्पन्न भएका छन् । खुल्ला नृत्य प्रतियोगितातर्फ देउराली माध्यमिक विद्यालयकि छात्रा सपना थापा प्रथम, जीवनोद्धार माध्यमिक विद्यालय पुर्तिघाटका छात्राहरु ससी थापा र एन्जिला राना द्धितिय र देउराली माध्यमिक विद्यालयकि छात्रा सदिक्षा थापा तृतिय एवम  देउराली माध्यमिक विद्यालयकै छात्रा युनिसा थापा र हिमाल थापा सान्त्वना भएका विद्यालयका सहायक प्रधानाध्यापक एवम सुचनाअधिकारी कविराज ढकालले जानकारी दिनुभयो ।

साथै विद्यालयले वार्षिकोत्सवका विजेता विद्यार्थीहरुलाई आज नै पुरस्कृत गरेको छ । भलिवल तर्फका विजेता विद्यार्थीहरुलाई नगद , मेडल र प्रमाणपत्रको साथमा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमकै विचमा  विद्यालयका पुर्व प्रअ कृष्ण प्रसाद ज्ञवालीलाई उँहाले विद्यालयमा २२ वर्ष प्रअको भुमिका निर्वाह गरी विद्यालयलाइ पुर्‍याएको  अतुलनिय योगदानको उच्च कदर गर्दै प्रमुख अतिथि पालिका अध्यक्ष थापाद्धारा दोसल्ला ओढाएर करुवा र सम्मानपत्रले सम्मान गरिएको सहायक प्रधानाध्यापक ढकालले जानकारी दिनुभयो ।null

null

वार्षिकोत्सव समारोहका अवसरमा  विद्यालयका प्रधानाध्यापक रामजी प्रसाद ढकालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सवको समापन समारोह पालिका अध्यक्ष थापाको प्रमुख आतिथ्यता, पालिकाका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार रेशम बहादुर थापाको अध्यक्षता र सहायक प्रधानाध्यापक कविराज ढकालको स्वागत एवम विद्यालयका शिक्षकद्धय विनोद ढकाल र भुमिश्वर ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष थापा,शिक्षा शाखा प्रमुख पराजुली संगै विद्यालय व्यवस्थापन समितिका पदावधिकारी,शिक्षक अभिभावक संघका पदावधिकारी, शिक्षक अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।nullnull

« गुल्मिको कालिगण्डकि –६ उपल्लो कोरेङ स्थित देउराली माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव आज देखी सुरु «

» पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बरेङको उपाधि महेन्द्र मावि सुखौरालाइ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal