ईलाका प्रहरी कार्यलय बरेङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
प्रकाश छन्त्याल, बरेङ । २० कार्तिक २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं १ धुल्लुबाँस्कोट बरेङमा ईलाका प्रहरी कार्यलय बरेङडाँडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र प्रहरी उपरिक्षक दिपक रेग्मीको बिशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सर्बसाधारण देखी लिएर कृषक, आमा समुहका अगुवा, ल्कबका अगुवा, ब्यापारी, बिधार्थी, शिक्षक, समाजसेवी तथा समाजका बुद्वीजिवीहरु लगाएत सम्म प्रहरीको राम्रो सम्बन्ध बनाई अपराधिक घटनाको न्युनिकरण गर्न सहयोग पु¥याउन अनुरोध गरिएको थियो ।
देशैभरि चलिरहेको प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यस क्षेत्रका बिधालयहरुमा कक्षा १ देखि कक्षा ५ सम्मका बिधार्थीहरुलाई र कक्षा ६ देखी कक्षा १२ सम्मका बिधार्थीहरुलाई अपराधिक घटना न्युनिकरण र लागु औषध दुब्र्यसनीबाट कसरी बच्ने बारेमा छुट्टाछुट्टै प्रशिक्षण छिट्टै संचालन गर्ने पनि प्रहरी उपरिक्षक रेग्मीले बताउनु भएको छ ।
यसै कार्यक्रम अन्तरगत बिभिन्न सल्लाह सुझावमा भाग लिदैं सर्बोदय माध्यामिक बिधालय बरेङका बिधालय ब्याबस्थापन समितीका अध्यक्ष हिरा बहादुर पुन,बरेङ गाँउपालिका वडा नं १ धुल्लुबाँस्कोटका वडा अध्यक्ष नरसेङ पुन,समाजसेवी ललित आचार्य,बिहानी बहुउदेश्यिय सहकारी संस्था बरेङका अध्यक्ष पुर्ण बहादुर पुन लगायत बिधार्थी, खेलाडीहरुले राखेको जिज्ञासाहरुको प्रहरी उपरिक्षक दिपक रेग्मीले स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा नागरिक सचेतनाको कार्यक्रम लिएर चाँडको बेलामा गाँउगाँउमा आउनु भएका प्रहरी उपरिक्षक दिपक रेग्मीको सम्पुर्ण टोलीलाई धन्यवाद दिदैं बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले कानुनी कुराहरु यस क्षेत्रका नागरिकलाई जानकारी गराई अपराधिक घट्नाहरुको बारेमा जानकारी भए घट्ना घट्ने अवसर कम हुने र घट्ना पनि कम हुने बताउनु भएको थियो । सोही कार्यक्रम बरेङ गाँउपालिकाको नयाँ बजारमा पनि आजै सम्पन्न भएको छ ।
« विद्यार्थी जेठो छोरा हुने की कान्छो ? शिव चालिसे बागलुङ । «







