दर्ता. न‌: २४५/०६५/०६६

पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बरेङको उपाधि महेन्द्र मावि सुखौरालाइ

भुमा मगर ०८।पुस२०८० ।बरेङ गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि महेन्द्र माध्यमिक विद्यालय सुखौराले हात पारेको छ ।

शनिबार बरेङ गाउँपालिका २ काफलबोट स्थित भृकुटि माध्यमिक विद्यालयमा  सम्पन्न कार्यक्रमको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले गाउँपालिका भित्र रहेका बिद्यार्थीहरुको प्रतिभाको हारजित भन्दा पनि राष्ट्रिय स्तरसम्मको खेलाडी उत्पादनका लागी प्रत्यक वर्ष खेलकूदको आयोजना गरि रहेको बताउनुभएको छ ।

गाउँपालिकाका १० विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमका विविध विधाहरु तर्फ ९ स्वर्ण, ६ रजत र ४ काश्य पदक प्राप्त गर्दै प्रथम बनेको छ । महेन्द्र माध्यमिक विद्यालयलाई पछ्याउदै भृकुटी माध्यामिक विद्यालय काफलबोटले ८ स्वर्ण, २ रजत र ३ काश्य पदक प्राप्त गरी द्वितिय तथा पुरुषोदय माध्यामिक विद्यालय बराहकोटले ४ स्वर्ण, ४ रजत र ४ काश्य पदक प्राप्त गर्दै तृतिय बन्न सफल भएको छ ।

अन्य विद्यालयहरुतर्फ धुल्लुलिउँवा माध्यामिक विद्यालयले २ रजत, ५ कास्य, सर्वोदय माध्यामिक विद्यालय बरेङले, २ स्वर्ण, २ रजत र ४ कास्य, शारदा माध्यामिक विद्यालय किसिमकोटले २ स्वर्ण, ४ रजत, ४ कास्य, सल्यान सुखौरा माध्यामिक विद्यालयले १ स्वर्ण, ३ रजत र १ कास्य बालविकास आधारभुत विद्यालय बाटाकाचौरले १ रजत, , बाल ज्योति इङ्लिस बोर्डिङ बरेङले १ रजत, १ कास्य प्राप्त गरेका छन् ।

कार्यक्रमको समापन गर्दै पालिका स्तरिय प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुलाई जिल्ला, प्रदेश र संघसम्म पुग्ने गरी निरन्तर तयारी गर्न पनि पालिका अध्यक्ष शर्माले आग्रह गर्नुभएको छ ।

कार्यक्रम बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, गाउँपालिका प्रवक्ता तुफान पुनको स्वागत र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

« देउराली मावि कालिगण्डकि–६ उपल्लो कोरेङकोे ४९ औँ वार्षिकोत्सव सम्पन्न “गाउँपालिका सदैव विद्यालयको पक्षमा छ ” पालिका अध्यक्ष थापा । «

» साहित्यकार कमला पौडेलका चार मुक्तक »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal