साहित्यकार कमला पौडेलका चार मुक्तक
✍️कमला पौडेल
बरेङ-१, उर्लेनी,बागलुङ ।
मुक्तक-(१)कोशिश गर्छु जीवन रहेसम्म आत्मियता बनाई राख्छु
आपतमा सम्झिने कुनै आँफ्नो अनमोल भनाई राख्छु
एकमुठी प्राण त्यागेपछी बल्लतल्ल कठै भन्ने जगतमा,
मेटिन दिन्न म अस्तित्व मानव शब्दलाई जनाइ राख्छु।
मुक्तक-(२)
अरुले जस्तै गरि एकलौटी अधिकार जमाउन सकिन
दिनदु:खि रोएको बेवास्ता गरेर एक्लै रमाउन सकिन
ढुङ्गा पुज्दा महान बन्ने स्वार्थी जगतको मानव हुलमा,
बने अपांगको बैशाखी त्यसैले ईज्जत् कमाउन सकिन।
मुक्तक-(३)
मिलेकै थिए दाजुभाइ तर यिनले गर्दा अलपत्र भए
देखाउँदै झुठो आश्वासन हेर आँफु मात्रै सर्वत्र भए
पठाएर बिदेशी भुमिमा दु:खी गरिब निमुखालाई,
सत्ता अनि कुर्सिको लागी भित्रभित्रै एकछत्र भए।
मुक्तक-(४)
हिमाल,पहाड,तराई लाई एक मानी खुसी मनाएको यो देशमा
चार जात छत्तीस बर्णको साझा फुलबारी बनाएको यो देशमा
सानोसानो कुरामा पनि कमिसन खोज्छन् आजकाल खै किन,
वीर योद्धाले पहिचानको लडाइँमा रगत खनाएको यो देशमा।
« पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बरेङको उपाधि महेन्द्र मावि सुखौरालाइ «






