चिच्याएर वर माग्ने धार्मिक मेला आज बेलुकी १२ बजे देखि बरेङमा सुरु हुदै, आफ्नो र आफुसँग भएको बहुमुल्य सामान तथा गरगहनाको सुरक्षामा ध्यान दिन ईलाका प्रहरी कार्यलय बरेङडाँडाको आग्रह,
दिपेन्द्र परियार बरेङ ९ पौस २०८०। बागलुङको बरेङ गाँउपालिका ३ साग्दि सत्यवतीमा चिच्याएर वर माग्ने धार्मिक मेला आज बेलुकी १२ बजे देखि सुरु हुदै छ ।
सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्याएर वरदान माग्नुपरेको स्थानियको भनाइ रहेको छ।
सत्यवती बज्यैसँग चिच्याएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढा बाट भक्तजनहरू मन्दिरमा आउने गरेका छन्। सत्यवती बज्यैसँग रातीमा मात्र चिच्याएर वरदान माग्ने प्रचलनलाई आज भोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ।
सत्यवती मन्दिरको किनारमा कुवा रहेकोले भक्तजनहरूले कुवा तथा मन्दिरको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिक कुवामा दियाली पुर्णिमाको दिन सत्यवती बज्यैलाई सम्झेर कुवाको जल छर्किदै चिच्याएर वरदान माग्ने प्रचलन रहँदै आएको छ।
स्थानिय साग्दि प्रा.बीका प्रधानाध्यापक सोम श्रीसले सत्यवतिमा वर मागे पूरा हुने र कतिपय मागेका वर पूरा हुँदै आइरहेको बताउनु भयो । बागलुङको बरेङ, जैमिनि,तथा गुल्मीको चन्द्रकोट, कालिगण्डकी बासीहरूले धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वर सानैदेखि पूरा हुँदै आएको बताउनु भयो।
भक्तजनले मागेका कुराहरू सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, बोका, परेवाको बली दिने वा परेवा उडाईदिने प्रचलन रहँदै आएको छ।
सत्यवती मन्दिरमा वरदान माग्न बागलुङ, गुल्मी,पर्बत,पाल्पा साथै काठमाण्डौ,बुटवल लगायतका देशै भरिबाट भक्तजन पुग्ने गरेका छन । मन्दिर बागलुङ जिल्लाको बरेङ गाँउपालिका वडा न ३ साग्दिमा रहेको छ । मन्दिरमा दियाली पुर्णिमाको दिन उल्लेख्य आन्तरिक धार्मिक पर्यटक आउने भएतापनी प¥याप्त होटल तथा संरचनाहरुको अभावमा आन्तरिक तथा बाह्य पर्यटकलाई अड्याउन नसकिएको श्रीसको भनाई छ ।
यसै बिच सत्यवती मेलामा पाल्ने सम्पुर्ण दर्शनार्थी भक्तजनहरुमा आफ्नो र आफुसँग भएको बहुमुल्य सामान तथा गरगहनाको सुरक्षामा ध्यान दिन ईलाका प्रहरी कार्यलय बरेङडाँडाले आग्रह गरेको छ ।भिडभाडको मौका छोपेर चोरी डकैती हुन सक्ने तर्फ सचेत बनाउदै प्रहरीले साना नानी बाबुहरु हराएमा , तथा झगडा तथा कुटपिट भएमा प्रहरी वा आयोजकलाई तत्काल सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।त्यस्तै कुनै पनी प्राकृतिक वा मानबिय कार्यबाट आपती सृजित भई भागदौडको स्थिति भएमा आफुलाई शान्त राखी सुरक्षित स्थान तर्फ जान तथा आबस्यक भएमा नेपाल प्रहरीको हट लाईन १००, वा ईलका प्रहरी कार्यालय बरेङको मोवाईल न ९८५७६९००५५मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
« साहित्यकार कमला पौडेलका चार मुक्तक «
» ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन »







