दर्ता. न‌: २४५/०६५/०६६

मृगौला पिडित मोहनको उपाचारार्थ अर्थिक सहयोगको अपिल, ग्रामिण युवा खेलकुद मञ्च साग्दि द्वारा सहयोग प्रदान

हिरा पुन, बरेङ । २० कार्तिक २०७५ । बागलुङको बरेङ गाउपालिका वडा न. २, निवासी दल बहादुर थापाको कान्छो छोरा २५ बर्षिय  मोहन थापाको दुवै मृगौला फेल भइ स्वाथ्य अवस्था साह्रौ  नजुक रहेको र हाल काठमान्डौको निदान हस्पितलमा हप्ताको दुई पटक डाइलसिस गराईरहनु भएको छ । अव मृगौला पिडित थापा संग डाइलसिस र प्रत्यारोपरण दुई वटा विकल्प मत्र बाँकी रहेको आरोग्य प्रतिस्थानका मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना श्रेष्ठले बताउनुभएको छ । आर्थिक अबस्था कमजोर रहेका थापाको जिवन रक्षार्थ थापाको उपचारका लागि आर्थिक सहयोग गरिदन थापाका परिवारले अनुरोध गरेका छन् ।

कमाउन विदेश गएका दाइको यो अवस्था भएको र घरको आर्थिक अवस्था अत्यनत मजोर  रहेको बताउदै  आम जनसमुदायमा आथिर्क सहयोगको लागि अपिल गरिएको परिवार श्रोतले जनाएको छ । थापाको उपचारको लागि देश विदेश सवै तिर उनका साथीभाई  आफन्तजन, स्टमित्र र शुभचिन्तकहरु उपचारको  लागि आर्थिक संकलनमा  लागिरहेको  बताउदै थापाको जिबन रक्षाको लागि सवैले सहयोग गरिदिनुहुन समेत अनुरोध गरिएकोे छ ।

यसै बिच ग्रामिण युवा खेलकुद मञ्च बरेङ गाउपालिका वडा ३ बाटाकाचौर साग्दीले आफनो  ११ औ बाषिकोत्स समारोहको अवसरमा मोहन थापा बचाउ अभियान संचालन गर्दैे सो अवसमा संकलित रु १७ हजार १ सय ८५ रुपौया रेडियो विहानीका लेखा प्रमुख हिरा पुनलाई  हस्तान्तरण गरिएको छ । थापा लाई बचाउनाका लागि अन्य क्षत्रबाट पनि सहयोगको अपिल गरिएको क्लबका कोषाध्यक्ष  मेख बहादुर काउचाले जनकारी दिनु भयो । 

« ईलाका प्रहरी कार्यलय बरेङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न «

» तारेभिर खेलकुद परिवार जैमिनि ९ काे दउसि भैलाे शुरु । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal