दर्ता. न‌: २४५/०६५/०६६

माघिमेला डान्स आइडलको उपाधि बुटवल डान्स ग्रुप बुटवललाई,पुरुष भलिबलतर्फ पि वाइ सी विसुखर्क प्रथम

भुमा मगर । ४ माघ २०८० ।बरेङको सिक्दीमा आयोजित माघिमेला २०८० सम्पन्न भएको छ ।

बुधबार सम्पन्न पुरुष भलिवल प्रतियोगितामा पि वाइ सी विसुखर्क प्रथम, मिलिजुली एकतामन्च खाल्ले द्धितिय र तमु युवा क्लव धुवाखोला गुल्मि तृतिय भएका हुन् ।

मङ्गलबार सम्पन्न माघिमेला डान्स आइडलको उपाधि बुटवल डान्स ग्रुपले जितेको छ ।

माघे संक्रन्तिको अवसरमा आयोजित प्रतियोगितामा उत्कृष्ट पाँच अन्तर्गत बुटवल डान्स ग्रुप बुटवल विजेता बन्न सफल भएको हो । भने टोलाकोट डान्स ग्रुप टोलाकोट गुल्मी उपविजेता बनेको हो ।

विजेता समुहले नगद रु ३१ हजार १ सय ११, उपविजेता समुहले नगद रु ११ हजार १ सय ११ र अन्य तिन समुहहरु ग्वाघा डान्स ग्रुप ग्वाघा गुल्मी, राङ्खानी डान्स ग्रुप राङखानी बागलुङ र लुङखानी  डान्स ग्रुप लुङखानी गुल्मीले ५।५ हजार प्राप्त गरेका छन् ।nullnull

यस्तै महिला भलिवलतर्फ बागलुङ महिला समाज विजेता तथा मङगलापुर युवा क्लव गुरुङधारा उपविजेता बनेको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरु खेम सेन्चुरी,सुनिता बुढा क्षेत्री,निरु श्रीस,उदय पुन  लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

« खड्गकोट सानाकिसान कृषी सहकारी सस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न «

» बागलुङ जिल्ला स्तरयि १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बरेङलाई ७ पदक, छात्रतर्फको भलिवल प्रतियोगिता भोली हुने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal